म्याग्दी सहकारीको सञ्चालक समिति चयन

khali

काठमाडौ, । काठमाडौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ ।

अधिवेशनबाट थदेवी पुनको अध्यक्षतामा सञ्चालनक समिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर छन्त्याल, धनलाल जैसी, सचिवमा टकबहादुर थापा, कोषाध्यक्षमा इन्द्रजित छन्त्याल र सहसचिवमा छकप्रसाद शेरचन चयन हुनुभएको छ ।

सदस्यहरुमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्कनारायण घर्तिमगर, हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहनुभएको छ । चित्रबहादुर पुनको संयोजकत्वमा चयन भएको लेखा समितिको सदस्यमा मदन थापा र धनबहादुर छन्त्याल चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

आ.व. २०७९÷८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत शेयर लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

२ हजार भन्दा बढि सदस्य रहेको यस संस्थामा बचत तथा ऋणमा योगदान गरी रु १ लाखको शेयर खरिद गर्नु भएका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा.हुमबहादुर बरुवाल, डा दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिनु का साथै बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार समेत रहनुभएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले काठमाडौमा रहेका म्याग्देलीहरुको सुख र दुखमा म्याग्दी सहकारीको साथ रहेको बताउनुभयो ।

khali

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य तथा शेयर सदस्य बिमला गौचनले म्याग्दी सहकारीले महिला नेतृत्वका विकासमा उदाहरणीय भूमिका खेलेको प्रति सहकारीको प्रशंसा गर्दै, महिलाहरुले संचालन र नेतृत्व गरेको वित्तिय संस्थाहरु सफलरुपमा संचालन भएको बताउनु भयो ।

गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता तथा शेयर सदस्य चिरिञ्जीवी शर्माले देशका केहि सहकारीमा समस्या देखिए पनि म्याग्दी सहकारी त्यसबाट मुक्त देखिएकोमा खुशी व्यक्त गर्दै, यसका लागि संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद प्रकट गर्नु भयो ।

त्यसैगरी धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठ र सहकारी अभियन्ता डिल्लीराम तिवारीले अहिलेको विषम परिस्थितिमा पनि म्याग्दी सहकारी सहज र सफलरुपमा संचालन हुन् सहकारी अभियानका लागि गौरवको विषय हो यसका लागि संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई अभियानकोतर्फबाट धन्यवाद प्रकट गर्नु भयो ।

सहकारीमा देखिएको समस्याप्रति सबै सहकारीकर्मीहरु जिम्मेवार भई सहकारीको मर्म र भावना अनुसार संस्था संचालन गर्नु पर्ने बताउनुभयो । संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले एक हातका सबै औलाहरुले जसरी फरक फरक ढंगले कुनै पनी काम गर्न सजिलो हुने बताउनुभयो ।

सो कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधीसभाका सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभाका सदस्य बिमला गौचन र गण्डकी प्रदेश सरकारका मूख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्मालाई संस्थाको तर्फबाट बधाई सहित शुभकामना पत्र प्रदान गरिएको थियो ।

थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले र स्वागत उपाध्यक्ष धनलाल जैसीले गर्नु भएको थियो भने । अध्यक्षको तर्फबाट वार्षिक प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा कलाकारहरुबाट सांगितिक कोसेलीहरु पनि प्रस्तुत गरिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...