माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् ।

साविक बिजेता शारदा माविलाई शूून्यका विरुद्ध दुुई गोल गर्दै न्युु वेष्ट पोइन्ट र म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध एक गोल गर्र्दै माउन्ट एभरेष्ट आवासीय मावि सेमीफाइनल प्रवेश गरेका म्याग्दी जेसीजका दिनेश विश्वकर्माले जानकारी दिनुुभयो ।

शनिबार बिहान बेनी सामुुदायिक मावि र जनप्रिय मावि तथा बेनी बोर्डिङ र हेम मावि शिवाङ बीच क्वाटर फाइनलको प्रतिस्पर्धा हुुने जनाइएको छ । बेनी सामुदायिक र जनप्रिय बीचको खेलमा बिजयी हुुने न्युु वेष्टसँग तथा बेनी बोर्डिङ र हेम माविबीचको खेलका बिजेता सेमीफाइनलमा माउन्ट एभरेष्टसँग भिड्ने बताइएको छ ।

Shreekrishna

शुुक्रबार भएको क्वाटर फाइनलमा माउन्टले सरस्वती आधारभूूतलाई शुून्यका विरुद्ध ११, बेनी सामुुदायिकले गलेश्वर माविलाई शूून्यका विरुद्ध ६ गोल, बेनी बोर्डिङले सरस्वती माविलाई शूून्यका विरुद्ध २ गोल र जनप्रिय माविले धौलागिरी माविलाई शूून्यका विरुद्ध २ गोल गरेका गरेका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

२३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउण्डेशन रहेको छ । फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...