कालीगण्डकी कोरिडोर ः बेगखोला–नागढुंगा खण्डको काम लयमा फर्कियो

khali

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ ।

समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग तातोपानीको नागढुंगा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । रघुगंगा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न वि.स. २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजना बीच ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकुल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण कार्य वि.स. २०७७ हिउँददेखी सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रीया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा वाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस विछ्याउने काम सकिएको छ,” उहाँले भन्नुभयो “चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ ।

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दुरीमा सब बेस र बेस राख्ने काम सकिएको छ । “मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यसपालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ,” उहाँले भन्नुभयो ।

khali

यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरो स्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ ।

रघुगंगा गाउँपालिकाको राहुपारे देखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका ईञ्जिनियर तिमिल्सीनाले बताउनुभयो ।

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मुल ठेकेदार आएको छ । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मुल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन संघीय सरकारका मन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिका स्तरमा समन्वय तथा सहजिकरण गरिएको बताउनुभयो ।

“म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौ,” गत हप्ता निर्माणाधिन सडक अनुगमन गर्नुभएका उहाँले भन्नुभयो “नागढुंगा देखि मुस्ताङको घाँसा खण्ड सम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दवावका साथै समन्वय र सहजिकरण गरिरहेका छौ ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...