प्रकृतिको खानी, सुन्दर पुुनहिल घोडेपानी

khali

घोडेपानी, । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तब्य हो ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु् ।

Shreekrishna hardwear in news

पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाईनिङ हलबाटै गुुराँसको जंगलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमंगको महशुुस भएको कास्कीको पोखराका सुुमन गिरिले बताउनुुभयो ।

घोडेपानीमा बास बसेका पर्यटकहरु एका बिहानै करिब ४० मिनेट उकालो हिडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा देखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनी देखि अन्नपूूर्ण गाउपालिकाको पोखरेबगर हुुदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगीन्छ ।

चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मंसिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिनुुभयो । उहाँका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

khali

पहिले विदेशी पर्यटकको तथ्यांक मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्यांक राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् ।
घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम संख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुुली ठकुुरी पुुनले बताउनुुभयो ।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ,’ होटल व्यवसायी समेत रहनुुभएका अन्नपूूर्ण गाउँपालिकाका पुुर्व अध्यक्ष डमबहादुुर पुुनले भन्नुुभयो ‘केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।’

पुुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति रु. १५० र नेपालीले रु. ५० प्रवेश शूूल्क तिर्नुुपर्छ । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष पुुनहिल प्रवेश शूूल्क संकलन र पुुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष रु. ६३ लाखमा ठेक्का लगाएको छ ।

४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । प्याकेजमा प्रतिव्यक्ति रु. एक हजार पाँच सय देखि पाँच हजार सम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।

घोडेपानीको गुराँसको जंगल गण्डकी प्रदेशकै ठूूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्य यहाँ ८ प्रजातिका लालीगुराँस पाइने अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ ।

घोडेपानीबाट मोहरेडाडा, फुुलबारी, करबाकेली, खोपारा लगायत सहायक गन्तब्य जान सकिन्छ । घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातीको पहिचान झल्काउने संग्राहलयल पनि रहेको छ । हिड्न नसक्ने पर्यटकहरुका लागि घोडाको सुविधा छ ।

देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक बित्तिय संस्था, आमा समूूह र सहकारी संस्थाबाट घोडेपानी पुुनहिलमा आउँछन् । सभा, सम्मेलन, तालिम, गोष्ठिका लागि पनि घोडेपानी रोजाईमा पर्न थालेको छ ।

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा सहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुख लगायत १०० जना भन्दा बढी कर्मचारीहरु घोडेपानी पुुग्नुुभएको थियो ।
पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक पोखरा बाहिर मन्त्रालयको समिक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्री जुुग्जालीले बताउनुुभयो । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उहाँले बताउनुुभयो ।

मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुुगेको पुुनहिल घोडेपानी अवस्थित अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुुर खड्काले बताउनुुभयो । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूूलो कार्यक्रम भएको पनि उहाँले बताउनुुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...