तातोपानीमा सहकारीहरुको कार्यकुुशलता तथा सिकार्य व्यवस्थापन कार्यशाला

khali

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा शुुक्रबार सहकारी संस्थाहरुको कार्यकुुशलता तथा सिकाई व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुन)को प्राविधिक सहयोगमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

khali

सहकारी संस्थाहरुको असल अभ्यासको सिकाई आदानप्रदान र सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको उपाय खोज्ने उद्देश्यले कार्यक्रम गरिएको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्ण आचार्यले बताउनुुभयो ।

Shreekrishna hardwear in news

नेफ्स्कुुनका कार्यक्रम अधिकृत मनोज खड्काले कार्यशालाको सहजिकरण गर्नुुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नुुहुुदै म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजाले सहकारीहरुले सेयर सदस्यको विश्वास र मन जित्ने गरेर काम गर्नुुुपर्ने बताउनुुभयो । उहाँले पर्यटन, कृषि, लघुुउद्यम जस्ता उत्पादनशिल र रोजगारी सिर्जना हुुने क्षेत्रमा सहकारीले लगानी गर्नुुपर्ने बताउनुुभयो ।

पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गौतमको अध्यक्षता, सचिव आचार्यको सञ्चालन र उपाध्यक्ष हरिप्रसाद पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कञ्चन साकेसका छवीलाल नेउपाने र आकास डिजिटलका सञ्चालक टंक अधिकारीले मन्तब्य व्यक्त गर्नुुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...