जोमसोम, ः मुुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ ।
मुुस्ताङको तटीय क्षेत्रमा देशका अन्य नदी किनारको भन्दा पृथक किसिमको समस्या देखिएको हो । अन्य नदीले कटान गरेर सतह गहिरिने समस्या छ । तर मुुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडा अध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुुभयो ।
“सहायक खोलाहरुबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिदा बगरको सतह बढेको हो,” उहाँले भन्नुुभयो “अरु ठाउँमा नदीको सतह गहिरिदै जान्छ तर मुस्ताङमा बगरको सतह बढेर बस्तीमै पुुग्न थालेको छ ।”
वडा अध्यक्ष थकालीका अनुुसार कालीगण्डकी नदीमा थुप्रिएको बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिचाई, खानेपानी, मोटरेबल पुुल, झोलुुङ्गे पुुल, भवन, स्याउ बगैचा लगायतका भौतिक संरचना जोखिममा परेका छन् ।
बर्षेनी भौतिक संरचनामा ठूलो क्षति भएको स्याङका बासिन्दा ङुुटुुक गुुरुङले बताउनुुभयो । “नदी नियन्त्रण गर्न पक्कि र ग्यावीयन पर्खाल निर्माण भएपनि बगरको सतह बढेर बस्तीमै आउन थालेको छ,” उहाँले भन्नुुभयो “नदी नियन्त्रण र बगरको व्यवस्थापनको प्रभावकारी कदम नचाल्ने हो भने मुुस्ताङको तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्न धेरै वर्ष पर्खनुु पर्दैन ।”
छुुसाङ, कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, टुुकुुचे, खन्ति, कोवाङ, लार्जुुङ र लेतेका तटीय बस्ती बगरको सतहसँगै बाढीको जोखिममा परेका छन् । वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङले केही वर्षयता मुुस्ताङमा बर्षा हुुने क्रम बढेसँगै सहायक खोलाहरुमा आउने बाढीले बगाएर ल्याउने गेगर बगरमा थुप्रिदाँ समस्या भएको बताउनुुभयो ।
“सर्वोच्च अदालतको आदेश र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजनाको नीतिगत समस्याका कारण स्थानीय तहहरुले कालीगण्डकी नदीको बगर उत्खनन् गर्न पाएका छैनौ,” उहाँले भन्नुुभयो “कालीगण्डकीको बगरको व्यवस्थापन र बाढी नियन्त्रणका लागि राज्यले विशेष किसिमले सम्बोधन गर्नुपर्छ ।”
गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्कि भवन, ३ काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुल लगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो ।
जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा बर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिदा बाढी आउँछ ।
“खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुदैन् । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ,” उहाँले भन्नुभयो “सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको इतिहाँसलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।”
खोलामा गेग्रान थुप्रिदै थाने र व्यवस्थापन नगर्दा बस्ती भन्दा माथि बगर हुन थालेको हो । केही दिनअघि मुुस्ताङको भ्रमण गर्नुुभएका गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुुर जुुग्जालीले मुुस्ताङमा कालीगण्डकीको बगर व्यवस्थापन र बाढी नियन्त्रणका लागि विशेष नीतिगत पहल गर्नुुपर्ने देखिएको बताउनुुभयो ।
“समुुदाय र जनप्रतिनिधि तहबाट बगर बस्ति माथि आउन थालेको विषय गम्भिर रुपमा उठेको छ,” उहाँले भन्नुुभयो “प्रधानमन्त्री, मुख्यमन्त्री तहमा पनि यो विषयले ध्यानाकर्षण भएकाले समस्याको सम्बोधन हुुनेमा आशावादी छौ ।” मनाङ र मुुस्ताङमा सडक र मोटरेबल पुुल बनाउँदा बाढी तथा नदीको सतहलाई पनि ध्यान दिएर डिजाइन गर्न थालिएको मन्त्री जुुग्जालीको भनाई छ ।