वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

Gandaki Kotihome

टुुकुुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ ।

विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको छ । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिनुभयो ।

“दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा ३०० जना विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई खाना पकाउने गरेका छौ,” उहाँले भन्नुभयो “पन्ध्र–बिस मिनेटमै सबैलाई पुग्ने खाना, खाजा, दाल, तरकारी, चिया तयार हुन्छ ।”

Upper Myagdi transmition line notice

फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडाहरुमा पु¥याउने संरचना जडान भएको छ । ३०÷३० लिटर क्षमताका भाडाहरु माझ्न र सफा गर्न मिल्ने गरि स्थायी किसिमले राखिएको छ ।

भट्टिबाट फलामको पाईपलाइनमा आपुर्ति गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिनुभयो । आवश्यक परेको भाडामा अनुकुल समयमा वाफ आपुर्ति गराउने र पकाउने गर्न सकिन्छ ।

Annapurna aarohan ko notice

आगोको चुल्होमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्याँसमा पकाउदाँ खर्च धेरै लाग्ने गर्छ । रु. १२ देखि १३ लाखको लागतमा वाफबाट खाना पकाउने प्रविधि जडान गर्न सकिने प्रअ तुलाचनले बताउनुभयो । दाउराको खपत घटेको र समयको बचत भएको छ ।

पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा ३०० जना विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई खाने वस्ने सहित आवास सुविधाको व्यवस्था मिलाइएको छ । कक्षा १ देखि १० सम्म निशूल्क आवासीय सुविधा सहित अध्यापन गराइने विद्यालयमा हाल २१५ जना नेपालका सबै जिल्ला र भारतका विद्यार्थीहरु छन् ।

विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीहरुलाई लक्षित गरेर वि.स. २०६७ मा स्थापना भएको विद्यालयमा अध्ययन गरेका विद्यार्थीले दुई वर्षअघि देखि माध्यमिक शिक्षा परिक्षा (एसईई)मा सहभागिता जनाउन थालेका थिए । पछिल्लो दुई वर्षमा सो विद्यालयको औसत एसईई परिक्षाको नतिजा मुस्ताङ जिल्लामा अगाडी छ ।

नेपाल सरकारद्धारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमपबाट औपचारिक वौद्ध शिक्षा प्रदान गरिने विद्यालयमा विद्यार्थीहरुलाई निःशूल्क शिक्षा, आवास, भोजन, पोशाक लगायतको सुविधा प्रदान गरिएको छ ।

हाल छात्रहरु मात्र रहेको विद्यालयमा समुदायको माग अनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले बताउनुभयो । पहिलो वर्ष ३० जना छात्राहरुलाई भर्ना गर्ने योजना रहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...