पोके र डुलुवाका कारण व्यापारी मर्कामा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः आन्तरिक राजस्व, पर्यटन तथा उद्योग कार्यालय र स्थानीय तहमा व्यवसाय दर्ता गर्नुभएकी बेनी नगरपालिका–८ शिक्षामार्गको बालचन्द्र फर्निचर उद्योगका सञ्चालक कमला सुवेदी हिजोआज निराश बन्नुभएको छ ।

“राज्यका सबै निकायमा दर्ता भएर कर तिर्ने हामी व्यवसायीहरु दर्ता नभएका झोले र डोके ब्यापारीका कारण विस्थापित हुनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो “भारतीय झोले, डोके र पोके ब्यापारीका कारण वास्तविक ब्यापारीहरु मर्कामा परेका छौ ।”

राष्ट्रिय कर दिवस २०८० को अवसरमा सोमबार बेनीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागि बेनीका उद्योगी, ब्यापारीहरुले पोके र डुलुवा ब्यापारीका कारण राज्यको आम्दानीको स्रोत गुम्नुका साथै करको दायरामा रहेका ब्यवसायीहरु मर्कामा परेका गुनासो गरे ।

Shreekrishna

गाडी, डोका, झोला, पोकामा सामान बेच्न आउने भारतीय व्यापारिका कारण करको दायरामा रहेका ब्यवसायीलाई असर पुगेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कपडा बेच्न र फर्निचरका सामान बेच्न र बनाउन घरघरमा पुग्ने भारतीय ब्यापारीहरु कुनै पनि निकायमा दर्ता भएका हुदैनन् ।

कर तिर्न नपर्ने हुँदा उनिहरुले सस्तोमा सामान बेच्ने र कम ज्यालामा काम गर्दछन् । रंग लगाउने, फर्निचरका सामान बनाउने, डोकामा भाडाकुडा, बोरामा कपडा बोकेर डुल्दै बेच्ने ब्यापारीहरु बजार देखि गाउँघरमा छ्याप्प छ्याप्ती छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

त्यस्ता ब्यापारीहरुलाई करको दायरामा ल्याउनुपर्ने देखिएको म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । “ब्यापार व्यवसायलाई व्यवस्थित र मर्यादितका साथै कर तिर्ने व्यवसायीको हितका लागि दर्ता बिनाका ब्यापारीहरुलाई नीतिनै बनाएर नियमन गर्ने गृहकार्यमा छौ,” उहाँले भन्नुभयो “स्थानीय साग, तरकारी र फलफुल बेच्ने कृषकलाई बिहान दश बजेसम्मको समय दिएका छौ । अरुलाई नियमन गर्छौ ।”

अन्तरक्रियामा सहभागी ब्यापारीहरुले धेरै निकायमा दर्ता हुनुपर्ने र कर तिर्नुपर्दा झञ्जट भएको, न्युन बिजकीकरणको समस्या रहेको, आन्तरिक राजस्व कार्यालयका कर्मचारीले जनचेतना अभिवृद्धि गराउन भन्दा पनि स–सानो कमजोरीमा पनि गलत नियत राखेर दुःख दिएको गुनासो गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय बाग्लुङका प्रमुख शालिग्राम आचार्यले ब्यापारिहरुले खरिद र बिक्री बिल तथा खाताको अभिलेख राख्न हेलचेक्र्याई गर्दा र जथाभावी विल जारी गर्दा समस्या देखिएको बताउनुभयो ।

“राज्यको कुनै न कुनै सिस्टममा तपाईले खरिद र बिक्री गरेको सामानको विवरण प्रविष्ट हुने हुदाँ कर छल्नलाई अभिलेख दुरुष्ट नराख्ने र गडबढी गर्न खोज्नुभयो भने सिस्टमलेनै समाउछँ,” उहाँले भन्नुभयो “कर छलेर भन्दा पनि तिरेर सम्मानित व्यवसायी बन्न सकिन्छ भन्ने सोचको विकास गर्नुपर्छ ।”

कर अधिकृत मोहन शर्माले आन्तरिक राजस्व कार्यालय अन्तरगत हाल दुई हजार भन्दा बढी व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता भएका जानकारी गराउदै व्यवसायलाई करको दायरामा ल्याउन स्थानीय तह र निजी क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नागरिकले राज्यसँग गर्ने अपेक्षासँगै आफुले कर तिर्नुपर्ने विषयलाई दायित्व सम्झनुपर्ने बताउनुभयो । “वैदेशिक रोजगारीको प्रयोजनका लागि मात्र घरभाडा र व्यवसाय कर तिर्ने प्रवृति समस्याका रुपमा देखिएको छ,” उहाँले भन्नुभयो “नागरिकले राज्यसँग अपेक्षासँगै आफ्नो कर तिर्ने दायित्व पनि बिर्सन् भएन् ।”

म्याग्दीका ब्यापारी र सर्वसाधारणहरुलाई कर नीतिका बारेमा जानकारी गराउने तथा समस्याको पहिचान गरि समाधानका लागि छलफल गर्न कर शिक्षा कार्यक्रम आयोजना गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...