कटान र बाढीको समस्या समाधान गरिदिन स्याङवासीको माग

Gandaki Kotihome

स्याङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा कालीगण्डकी नदीको कटानको जोखिमको अवस्था निरिक्षण र कटान तथा बाढी नियन्त्रणका लागि सञ्चालित योजनाका बारेमा जानकारी लिनुभएको छ ।

स्याङका वडा अध्यक्ष फलेन्द्रप्रसाद थकाली, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक धिरेन्द्र बिक, स्थानीयबासी तथा नेकपा (माओवादी केन्द्र)का नेता ङुटुक गुरुङ (मुस्ताङ टाईगर), देवी बानियाले कालीगण्डकी नदीको बगरमा गेग्रान थुप्रिएर बर्षेनी सतह बढेर बस्ती, भौतिक संरचना तथा खेतीयोग्य जमिनमा भएको क्षति तथा जोखिमको बारेमा जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

स्याङका कृषक कर्म गुरुङले कटान र बाढी नियन्त्रणको लागि स्थानीयबासी तथा कृषकहरुको तर्फबाट मन्त्री जुग्जालीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । स्याङ लगायत मुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा संघीय सरकारको उर्जा जलस्रोत तथा सिचाई, प्रदेश सरकारको खानेपानी, सिचाई तथा जलस्रोत मन्त्रालयका निकाय र स्थानीय तहले कटान नियन्त्रणका लागि तटबन्ध योजना सञ्चालन गरिरहेका छन् ।

स्थानीयबासीहरुसँगको छलफल र निरिक्षणपछि मन्त्री जुग्जालीले मुस्ताङमा कालीगण्डकीको नदीको सतह बढेर जोखिम बढाएको विषयमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

कालीगण्डकीको बगर व्यवस्थापनलाई सहज बनाउन नीतिगत तहमा छलफल भएको जानकारी गराउदै नदि नियन्त्रण, बस्ती, खेतीयोग्य जमिन, सडक, सिचाई खानेपानी लगायत भौतिक संरचनाको संरक्षणका लागि आफ्नो मन्त्रालय मातहतको कामका लागि प्राथमिकता दिने र अन्य मन्त्रालय तथा संघीय सरकारका मन्त्री तथा सम्बन्धित निकायमा पहल एवम् सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...