पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

Gandaki Kotihome

बरंजा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ ।
मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा रु. १७ करोड भन्दा बढी लागतका योजना सञ्चालन हुने जानकारी गराउनुभयो ।
“पखेर देखि मंगला गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय जोड्ने सडक कालोपत्र सहित स्तरोन्नतिको काम यसै वर्ष शुरु गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा रु. दुई करोड बजेट बिनियोजन भएको यो सडकलाई रु. दश करोड बजेट बराबरको ठेक्का लगाउन प्रदेश सरकारले छनोट गरेको छ ।”
पूर्वाधार विकास कार्यालय म्याग्दीले पखेर–बरंजा सडकको सर्वेक्षणको काम सकेर ठेक्का आव्हानको तयारी गरेको छ । बरंजा हुदै बाग्लुङको ताराखोला जोड्ने छोटो दुरीको सडकलाई पनि स्तरोन्नति गर्न लागिएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।
“बागलुङको ताराखोलाका बासिन्दा जिल्ला सदरमुकाम बाग्लुङ बजार पुग्न तीन घण्टाको घुमाउरो बाटो प्रयोग गर्दै आएका छन । बेनी देखि बरंजा हुदै ताराखोलाको केन्द्र अर्गल दुई घण्टामै पुग्न सकिन्छ,” मन्त्री जुग्जालीले भन्नुभयो “गत वर्ष मार्ग खुलेको यो सडकलाई पनि स्तरोन्नति गर्न बाग्लुङतर्फ रु. पचास लाख बजेट बिनियोजन भएको छ । आगामी वर्ष थप बजेट व्यवस्थापन गर्छौ ।”


बेनी–दरवाङ सडकको फापरखेत देखि पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण भएकाले बरंजाबासीलाई सहज भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने सडक स्तरोन्नितका लागि थप रु. दुई करोडको अर्को योजनाको पनि ठेक्का आव्हानको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।
मंगला–४ का वडा अध्यक्ष लालबहादुर रोकाले बरंजाको २ वटै वडाका बासिन्दा र जनप्रतिनिधिहरुबीच छलफल गरेर यो योजना मार्फत अप्ठ्यारो सडकलाई सुधार गर्न लागिएको बताउनुभयो ।

Shreekrishna hardwear in news


बेनी–थामडाडाङा–बरंजा सडक अन्तरगत बेनी नगरपालिका वडा नम्बर ४ र मंगला गाउँपालिका वडा नम्बर ३ को सिमाना स्थित अर्जेखोलामा २५ मिटर लामो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ ।

अर्जेखोलाको पुल निर्माण गर्न प्रमान सारस जेभीसँग रु. तीन करोड ४१ लाख १६ हजारमा असोज अन्तिम साता ठेक्का सम्झौता भएको हो । ठेक्का अवधी १८ महिना रहेको छ । रु. तीन करोड ४१ लाख १६ हजार लागत अनुमान गरिएको अर्जेखोला पुलका लागि चालु आर्थिक वर्षमा रु. एक करोड पचास लाख बजेट बिनियोजन भएको छ ।

सम्झौतापछि कार्यस्थलमा परिचालनको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । यसअघिका दुई वर्ष अर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण शुरु भएको थिएन् ।

Notice about ban dadalo

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जुग्जालीले भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको मंगला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर रोकाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो ।

मन्त्री जुग्जालीले गाउँमा भित्रिएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि निगरानी, सहजिकरण र समन्वयका लागि जनप्रतिनिधि, अगुवा र स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो । “विकासका पूर्वाधार साझा हुन् । कसले जस पाउँछ भन्दा पनि जनताले लाभ पाउने विषयलाई महत्व दिनुपर्छ,” उहाँले भन्नुभयो “आफ्नो गाउँठाउँमा भित्रिएको बजेटको प्रभावकारी कार्यान्वयनमा सबै जुटौ ।”

मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा रहेको महेन्द्ररत्न मा.वि.को छात्रावास भवनलाई प्रदेश सरकारले गाउँपालिकामा समपुरक अनुदान स्वरुप रु. पचास लाख पठाएको छ । गाउँपालिकाले प्रदेश सरकार बराबरको बजेट व्यवस्थापन गरेर योजना कार्यान्वयनको तयारी गरेको छ । मंगला ३ र ४ मा कृषि, सिचाई, खानेपानीका योजनाहरुमा पनि यसअघि भन्दा धेरै बजेट बिनियोजन भएको वडा नम्बर ४ का उमेश विकले बताउनुभयो ।

मन्त्री जुग्जालीले धापुङ, बुकेनी, खर्कका बासिन्दा र त्यहाँका जनप्रतिनिधिहरुसँग चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत बजेट बिनियोजन भएको योजना र कार्यान्वयनको तयारीका साथै स्थानीयको समस्याको बारेमा छलफल गर्नुभएको बुकेनीका बासिन्दा समेत रहेका माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिकले जानकारी दिनुभयो । मन्त्री जुग्जालीले बरंजाको खर्कको पहिरोको पनि निरिक्षण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...