भोलीदेखि नियमित खुुल्न लागेको कोरला नाकामा अस्थायी संरचना तयार

khali

म्याग्दी, ] चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरुको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ ।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनाले दशगजा क्षेत्रको नेपाली भूमीमा कन्टेनर सुविधाको पूर्वाधार गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले २० फुुुट लम्बाई र दश फुुट चौडाईका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच वटा प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिनुुभयो ।

“कोरला नाकाको चिनतर्फ स्थायी संरचना छन । नेपालमा थिएन् । चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चिनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो,” उहाँले भन्नुुभयो “चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।”

Shreekrishna hardwear in news

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन् । भन्सारको कारोबार तथा चेकजाँच लोमान्थाङ—२ नेचुङको कार्यालयबाट गर्ने तयारी भएको छ । सोमबारदेखि कोरला नाका सञ्चालनको तयारी भएको छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरु परिचयपत्रको आधारमा आवत जावत गर्न पाउने मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो साता भएको भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।
मुस्ताङ र चिनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चार पटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि वि.स. २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको छ । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय ब्यापार मेला हुने गरेको थियो ।

khali

कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना भन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चिन सिमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको छ ।

“प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चिन जाने आउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भन्नुुभयो “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिको तयारी गरिएको छ ।”

नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोम देखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चिनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि.स. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

वि.स. २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाहरुलाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...