भूकम्प पिडितलाई शान्ति समाजको सहयोग

khali

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।
शाखाका पदाधीकारी र सदस्यहरुबाट संकलित रु. १८ हजार ६२० रुपैयाँ जाजरकोट र रुकुम पश्चिम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जाजरकोटमा रु. दश हजार र रुकुम पश्चिममा आठ हजार ६२० खातामा जम्मा गरेको विवरण म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई हस्तान्तरण गरिएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति ब्यहोरेका जिल्लाको विपद् व्यवस्थापन र पुनस्थापनाका लागि सहयोग गरिएको सभापति पौडेलले जानकारी दिनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...