बेनी, । नेपाली काँग्रेस म्याग्दीको आइतबार बेनीमा आयोजना गरिएको जिल्ला सम्मेलन स्थगित भएको छ ।
जाजरकोटको रामीडाडा केन्द्रबिन्दुु भएर शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिम लगायत कर्णाली प्रदेशमा ठूूलो जनधनको क्षति पुुग्ने गरि गएको भूूकम्पका कारण देश राष्ट्रिय शोकमा परेकाले सम्मेलन स्थगित गरेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।
म्याग्दी काँग्रेसका सचिव भरत रकालले विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदा सम्मका लागि स्थगित गरिएको जानकारी दिनुुभयो । काँग्रेसको बिधान अनुुसार कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुुख आतिथ्यतामा बेनीको जिसस सभाहलमा सम्मेलनको आयोजना भएको थियो । सम्मेलनमा सात सय पचास जना भन्दा बढी सहभागि हुुने तयारी थियो ।