सडकको पहिरो पन्छाउदा डोजरले पाइप फुुटाइदिदा बेनीमा खानेपानी आपुुर्ति प्रभावित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको सदरमुुकाम बेनी बजारमा एक सातादेखि खानेपानीको हाहाकार भएको छ ।

बेनी–गलेश्वर सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुुगेपछि बेनी बजारमा खानेपानी आपुुर्र्ति र वितरण प्रभावित भएको हो । खानेपानी अभावमा बजारबासीको जनजिवन प्रभावित भएको बेनीको बालमन्दिर चोककी प्रभा सुुवेदीले बताउनुुभयो ।

“पिउने, लुुगा धुुने, भाडा माझ्ने पानीको अभाव भएको छ,” उहाँले भन्नुुभयो “नियमित पानी आपुुर्ति नहुुँदा स्थानीयबासीलाई समस्या भएको छ ।”

Shreekrishna

ठेकेदारले बेनी नगरपालिका–८ स्थित सडकमा खसेको पहिरो पन्छाउने क्रममा डोजरले पाइप फुटाइदिएकाले खानेपानी आपुुर्ति गर्न समस्या भएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“पहिरो यसअघि तीन दिन पूूर्ण रुपमा पानी आपुुर्ति रोकेका थियौ,” उहाँले भन्नुुभयो “हिजो आज पनि ठेकेदारले पहिरो पन्छाउदाँ जथाभावी डोजर चलाएर पाइप फुटाइदिएपछि नियमित पानी आपुुर्ति गर्न सकेका छैनौ ।”

संस्थाले पाइपलाईन बनाउने र ठकेदारले फुटाइदिने क्रम चलिरहँदा पानी आपुुर्ति प्रभावित भएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ ।

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गरिदै आएको छ । २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र निर्माणाधिन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको छ ।

बेनी–गलेश्वर सडक आयोजनाको ठेकेदार मंगलाकाली–सुवास जेभीका सुुपरभाइजर सुवास कुुमारले डोजरले काम गर्दा सावधानी अपनाउदा अपनाउदै सडकको कुुनातर्फ रहेको पाइप संयोगबस फुट्ने गरेको बताउनुुभयो । फुुटेको पाईप संस्थाले मर्मत गर्ने र त्यसको भुुक्तानी निर्माण कम्पनीबाट गर्ने व्यवस्था मिलाएको पनि उहाँले बताउनुुभयो ।

खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएपनि गत साउनमा हाडेभिरमा खसेको पहिरोले इनार पुुरिदाँ सञ्चालन हुुन सकेको छैन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...