जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि १२३ जनाको मृत्यु

Gandaki Kotihome

बेनी, कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११.४७ मा भएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। थप विवरण संकलन हुँदैछ। 

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो। 

Upper Myagdi transmition line notice

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए। उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

Annapurna aarohan ko notice

रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ। यसकारण पनि उद्धारमा समस्या भइरहेको छ। जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ। त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ। दुवै जिल्लाका अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ।

भौतिक संरचनामा क्षति पुगेको छ । घाइतेहरुको उद्दार र उपचारमा तीनै तहका सरकार, राज्यका सबै अंग परिचालन भएका छन् । भुकम्पको धक्का म्याग्दी लगायत देशका धेरै स्थानमा महशुस गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पले क्षतिग्रस्त क्षेत्र जाजरकोटको निरीक्षण गर्न शनिबार बिहानै त्यसतर्फ प्रस्थान गर्नुभएको छ । दाहालसँगै १६ जना नेपाली सेनाका चिकित्सक पनि प्रभावित क्षेत्रमा गएका छन् ।

प्रधानमन्त्री दाहालसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि छन् । उनीहरूले त्यहाँ क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्नेछन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...