जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकता वितरण थाल्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ ।

अस्टे«ेलीयाका दिपक भण्डारी र अमेरिकाका ऋषिनाथ सुवेदीलाई लाई शुुक्रबार जिल्लामै पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको हो । ३७ वर्षीया भण्डारीको जन्मथलो धवलागिरी गाउँपालिका–६ कल्लेनी र ७२ वर्षीय ऋषिनाथ सोही पालिकाको वडा नम्बर ७ ताकमका जन्मनुु भएको हो ।

प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले भण्डारी र सुुवेदीलाई गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको थियो ।

Shreekrishna

म्याग्दीमा गैरआवासीय नागरिकताका लागि भण्डारी र सुवेदी बाहेक बेलायतमा बसोबास गर्दै आउनुुभएका किर्तिमानी पर्वतारोही निर्मल पुुर्जा (निम्स)ले पनि गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन पेश गर्नुुभएको थियो । पुुजाले नागरिकता प्राप्त गर्ने प्रक्रीयामा हुुनुहुन्छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गैरआवासीय नेपाली संघ (एनआरएनएका) पुुर्व अध्यक्ष कुुल आचार्यलाई गत असोज ३० गते नेपालमै पहिलो पटक काठमाडौमा प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नुुभएको थियो ।

नागरिकता सम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता लिनेहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउदैनन् ।े नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था ऐनमा छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...