म्याग्दीका दुुई हजार भन्दा बढी घरधुुरीमा विद्युतीकरण गर्न बीस करोडको आयोजना शुुरु

Gandaki Kotihome

बेनी, म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ ।

नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न आयोजना सञ्चालन भएको हो । यो योजना मार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने भएको छ ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका ईञ्जिनियर शिवराज शर्माले विद्युत विस्तार गर्न ठेक्का सम्झौता भई काम शुरु भएको जानकारी दिनुभयो । “पोल गाड्न, तार तान्न र ढुवानीका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको प्राविधिक टोलीले फिल्ड भेरिफिकेसन गर्न स्थलगत अध्ययन गरिरहेको छ,” उहाँले भन्नुभयो “प्राविधिक रिपोर्टको आधारमा कम्पनीले पोल, तार लगायत लाइन विस्तारको सामग्री माग्ने र प्राधिकरणको प्रदेश कार्यालयले उपलब्ध गराउने सम्झौता छ ।”

Upper Myagdi transmition line notice

४७.६ किलोमिटर मुख्य र १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न लागिएको ईञ्जिनियर शर्माले जानकारी दिनुभयो । पोल गाड्ने र तार तान्ने काम गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु. तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सामग्री, उपकरण खरिद, ढुवानी सहित सबै काम गर्न कुल रु. बीस करोड ५३ लाख ३६ हजार २७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाडा, फुलवारीका २०, रघुगंगा गाउँपालिकाको पात्लेखर्कका ५५, धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङ, बुलका ४००, लुलाङका ४२५, खिवाङ नाउराको २०० घरधुरीमा केन्द्रिय लाइन विस्तार गर्न लागिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

Annapurna aarohan ko notice

यसैगरी मालिका गाउँपालिकाको छिस, घोर्सी, कोदालीवाङका ९५, घयाङलेपानीका ८०, बेम, बेली, दिलिवाङका २३०, लुक्सिपार, पात्लेका १४५, ओखरबोटका ९०, महभिर चिउरीबोटका १८८, छापका ६०, सिसनेरीका ६५ र जुग्जाका १३० घरमा पनि आयोजना मार्फत विद्युत विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

मालिकाको घङलेपानी बाहेकका बस्तीहरुमा लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग भएको छ । विद्युतको कुनै स्रोत नभएको घङलेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्छन् । यो आयोजना मार्फत म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा बाहेक सबै बस्तीमा केन्द्रिय लाइनको विद्युत सुविधा पुग्ने म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

“उज्यालो म्याग्दी बनाउने अभियान अन्तरगत हामीले सम्माननीय प्रधानमन्त्रीसँग अनुरोध गरेर विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरेर शुरु भएको आयोजना हो,” उहाँले भन्नुभयो “विद्युत सुविधा विस्तारसँगै जनजिवनका साथै पर्यटकीय स्थलहरुमा पनि सहज हुने अपेक्षा गरेका छौ ।” म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीमा विद्युतीकरणका लागि हालसम्मकै ठूलो बजेटको आयोजना भित्रिएको बताउनुभयो ।

निर्माण कम्पनी रविन्द्र÷ढुङगाना जेभीका सञ्चालक दिनेश ढुङ्गानाले प्राधिकरणले उपकरण र सामग्री भनेको समयमा उपलब्ध गराएको अवस्थामा निर्धारित समयमै विद्युतीकरणको काम सक्ने बताउनुभयो । “मैले ठेक्का लिएको सबै योजना अहिलेसम्म लक्ष्य अघिनै सम्पन्न गरेको छु,” उहाँले भन्नुभयो “प्राधिकरणले पोल, तार, ट्रान्सफर्मर लगायतका सामान मागेको समयमा दियो भने यो योजना पनि निर्धारित समयभित्र सम्पन्न गर्छौ ।”

नेपाल विद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए । साउन यता करिब दुई सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...