बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्ने बताउनुभएको छ ।

बादुक बेलायत र जापानको युद्धमा बहादुरी प्रर्दशन गरेवापत बेलायत सरकारले प्रदान गरेको उच्च स्तरको सम्मान भिक्टोरिया क्रस पाएका पुर्व ब्रिट्रिस गोर्खा सैनिक स्व. तुलबहादुर पुनको जन्मथलो हो ।

गर्बुजा अघि मन्तब्य व्यक्त गर्नुभएका नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (के.बी.)ले बेनी–जोमसोम सडकको म्याग्दी खण्डलाई भिसीमार्ग नामाकरण गर्नुपर्ने प्रशंग उठाउनु भएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भण्डारीले उठाएको विषयलाई समर्थन गर्नुहुदै पुर्व ब्रिटिस गोर्खा सैनिक रहेका सांसद गर्बुजाले बेलायतमा भिसी तुलबहादुरको सम्मानमा रेल सेवा सञ्चालन भएको भन्दै उहाँको जन्मथलोको भूगोल समेटिएको राष्ट्रिय राजमार्गलाई भिसिमार्ग बनाउन आफुले संसदमा कुरा उठाउने र पहल गर्ने बताउनुभयो ।

कालोपत्र हुने क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकको नामाकरण गर्ने विषयमा चर्चा चलिरहेको छ । स्थानीयबासीले रु. चालीस लाख चन्दा जुटाएर निर्माण गरेको तिप्ल्याङ–बादुक जोड्ने सडकलाई भिसी मार्ग भन्दै आएका छन् ।

“विश्वले सम्मान गरेका बहादुर भिसी तुलबहादुरको सम्मानका लागि गाउँको सानो र छोटो होइन राष्ट्रिय राजमार्गलाईनै नामाकरण गर्न म पहल गर्छु,” गर्बुजाले भन्नुभयो “संघीय र प्रदेश सरकार गठबन्धनको छ । स्थानीय सरकार हामी अनुकुलको छ । स्थानीयको समस्या समाधान र सम्बोधन गर्न तीनै तहका जनप्रतिनिधि सहकार्य गरेर अघि बढेका छौ ।”

पहिलो वर्ष र आर्थिक संकटका कारण संघबाट आफुले सोचेको र जनताले मागेको जस्तो बजेट ल्याउन नसकेपनि योजना र बजेटका लागि प्रयास गरिरहेको गर्बुजाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...