मुस्ताङबाट प्रधानमन्त्रीको सन्देश– ‘कोरला नाका नियमित सञ्चालन हुुन्छ’

Gandaki Kotihome

जोमसोम, १ कात्तिक । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले चिनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताउनुु भएको छ ।

नेकपा (माओवादी केन्द्र) मुुुस्ताङले बुुधबार जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुुहुदै प्रधानमन्त्री दाहालले हालै चिन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराउनुुभयो ।

“मुुस्ताङको कोरला लगायत नाकाको सिमा क्षेत्रका बासिन्दाहरुलाई प्रवेशपत्रको आधारमा आवत जावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उहाँले भन्नुुभयो “कोरला नाकाको नेपाल तर्फ भौतिक पूर्वाधार निर्माण गर्न चिनले सघाउने भ्रमणका क्रममा सहमति भएको छ ।”

Upper Myagdi transmition line notice

प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको निरिक्षण गर्नुुभएको थियो । कोरला नाका जोड्ने कालीगण्डकी कोरीडोर सडकको स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको बताउनुुभयो ।

नेपालको प्रमुख चुुनौतिका रुपमा रहेको भ्रष्ट्राचारका विरुद्ध सरकारले थालेको शुुसासनको अभियान नरोकिने प्रधानमन्त्री दाहालले बताउनुुभयो । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उहाँले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटि भएको टिप्पणी गर्नुुभयो ।

Annapurna aarohan ko notice

सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) मुस्ताङ जिल्लाको भेलाको क्रममा विभिन्न पार्टीबाट प्रवेश गरेका १३५ जनालाई माओवादीका अध्यक्ष समेत रहनुभएका प्रचण्डले स्वागत गर्नुभयो ।

“हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ,” उहाँले भन्नुभयो “सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।’’

“मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ,” उहाँले भन्नुभयो “सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरुरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’’

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ सङ्कट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

उहाँहरुले जनतासँग माओवादी अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधान सँगै संगठन निर्माणमा उत्साह छाएको बताउनुुभयो । कार्यकर्ता भेलाअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बुधबार जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायुु संवाद’ कार्यक्रममा सहभागि हुुनुुभएको थियो ।

प्रधानमन्त्री दाहाल समक्ष स्थानीयबासीहरुले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गा सम्बन्धी समस्या समाधानका लागि माग गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...