विकास आयोजनालाई वातावरणमैत्री बनाउन वनमन्त्री महतोको आग्रह

khali

जोमसोम, वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले जलवायुु परिवर्तनको असर र क्षति न्युनीकरण गर्न वातावरणमैत्री विकासको आवश्यकता रहेको बताउनुु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बुधबार जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायुु संवाद’ कार्यक्रमलाई सम्बोधन गर्नुुहुदै मन्त्री महतोले अव्यवस्थित विकास निर्माणका कारण विपत्ति सिर्जना भएको बताउनुुभयो ।

“अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ,” उहाँले भन्नुुभयो “भोली के हुन्छ भन्ने अनुुमान र विष्लेषण नगरी विकासका काम गर्ने प्रवृति रोक्नलाई अनुुरोध गर्दछु ।” मानवीय लापरबाही र गतिबिधिका कारण वातावरणमा परेको असर र क्षति न्युनीकरण गर्न विकाससँगै संरक्षणको काम पनि गर्नुु आवश्यक देखिएको बताउनुुभयो ।

Shreekrishna hardwear in news

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको हालै भएको चिन भ्रमणका क्रममा मुुस्ताङको कोरला लगायत नेपालको सिमानामा रहेका १४ वटा व्यापारिक नाका सञ्चालन र जडिवुुटीको निकासी गर्ने सम्बन्धमा समझदारी भएको मन्त्री महतोले बताउनुुभयो ।

“चिनसँग भएको समझदारीले नेपालको हिमाली क्षेत्रको जडिवुटीको बजारीकरणमा सहयोग पुग्नेछ,” उहाँले भन्नुुभयो “जडिवुटी खेतीको विस्तार र प्रर्वद्धनका लागि वन मन्त्रालयले जोड दिएको छ ।”

khali

विश्व समुदायले नेपालको वातावरण संरक्षणको क्षेत्रमा उपलब्ध गराएको रु. पचास करोड अनुुदान मुुस्ताङमा जलवायुु परिवर्तनको असर र क्षति न्युुनीकरण तथा अनुुकुलनका योजनाका लागि परिचालन गरिने मन्त्री महतोले बताउनुुभयो ।

मुुस्ताङ, मनाङ, सिन्धुुपाल्चोक लगायत जिल्लामा पछिल्लो केही वर्षयता जलवायुु परिवर्तनका कारण भएको क्षतिको विषयलाई २८ औ विश्व जलवायुु सम्मेलनमा अन्तराष्ट्रियकरण गरिने उहाँले बताउनुुभयो ।

“हाम्रा हिमाल हिउँबिहिन हुुने, हिमताल फुट्ने जोखिम हुुने, हिमाल कालापत्थरमा परिणत भएको मुुद्दालाई अन्तराष्ट्रियकरण गर्छौ,” उहाँले भन्नुुभयो “जलवायुु परिवर्तनको क्षति र असर न्युनीकरणका लागि तीनै तहका सरकारले अनुुकुलनका योजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले जलवायुु परिवर्तनका कारण जनजिवनमा परेको असरको बारेमा स्थलगत निरिक्षण र नागरिकको गुुनासो सुुनेर अन्तराष्ट्रिय जलवायुु सम्मेलनमा उठाउनका लागि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुुभयो ।

छलफलमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयबासीहरुले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण परेको असर तथा समस्याको बारेमा जानकारी गराउनुुभएको थियो । गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचन, जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुखु माया गुुरुङ, वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङ, नेकपा एमाले मुुस्ताङका अध्यक्ष आशबहादुुुर थकाली, स्थानीयबासी चन्द्रबहादुुर थकालीले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण मुुस्ताङको सबै क्षेत्र प्रभावित भएको बताउनुुभयो ।

मानिस, पशुुपंक्षी र बोटबिरुवामा नयाँ रोग देखिएको, हिउ पर्ने याममा हिउँ नपर्ने, बेमौसमी बर्षा हुुने, माटोले बनेका घरहरु भत्किन थालेका, कालीगण्डकी र सहायक नदीहरुमा बाढीको सतह बढेर आउन थालेको, अत्याधिक वर्षा हुुन थालेको, तल्लो क्षेत्रमा स्याउ खेती हुुन छाडेको जस्ता असर देखिएको बताउनुुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...