लुुलाङमा विजुुली बल्यो

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ ।
मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका करिब चार सय घरधुरी अन्धकारमा थिए ।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मंगलबारदेखि विद्युत आपुुर्ति गराइएको लमसुुङका भक्त सिंकिजा पुुनले जानकारी दिनुुभयो । “दशै तिहार जस्तो चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयबासीमा खुुुसीयाली छाएको छ,” उहाँले भन्नुुभयो “परियोजना मर्मत गरेर विद्युत आपुर्ति सूचारु भएपछि जनजिवन सहज भएको छ ।”

दरखोला दोस्रो लघुुजलविद्युुुत परियोजना मर्मतका लागि धवलागिरी गाउँपालिकाले रु. पाँच लाख पचास हजार र जिल्ला समन्वय समितिले रु. पाँच लाख पचास हजार बिनियोजन गरेका थिए ।

Shreekrishna hardwear in news

उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युुतगृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुुभयो । परियोजना सञ्चालन भएपछि चार वटा बस्तीका ३७० घरधुरी लाभान्वित भएका छन् ।

Notice about ban dadalo

“नहरबाट आएको पानी संकलन हुने टंकी भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाईप बगाएको थियो,” गौचनले भन्नुभयो “पेनस्टक पाइप, विद्युतगृह र उपकरणहरु परिवर्तन तथा मर्मत गरेर परियोजना पुुन सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौ ।”

वि.स. २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना वि.स. २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत परियोजना तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रिय प्रशारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत सुविधाका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुन सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयबासीलाई घरायसी काम गर्न सहज भएको छ ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक पटक पहिरोले लद्युुजलविद्युत परियोजनामा क्षति गरेकाले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।

“नेपाल विद्युत प्राधिकरणले यसपाली म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु. २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ,” उहाँले भन्नुभयो “लुलाङको विद्युत सम्बन्धी समस्याको दिर्घकालिन समाधानका लागि केन्द्रिय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...