म्याग्दीका आठ जना प्रहरी कर्मचारी पुुरस्कृत

Gandaki Kotihome

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दी र मातहतका इकाईमा कार्यरत आठ जना प्रहरी कर्मचारी मंगलबार पुुरस्कृत भएका छन् । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको समारोहमा उनिहरुलाई नगद सहित सम्मान गरिएको हो ।

पुुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिनबहादुर थापा, प्रहरी सहायक हवल्दार अमर खत्री, राजन लामा, प्रहरी चौकी दानाका बिजयकुुमार पौडेल, मंगलाघाट प्रहरी चौकीका प्रहरी जवान ममता भट्राई, प्रहरी चौकी घारका राजेशप्रसाद शाह, जिल्ला प्रहरी कार्यालयका जगत आचार्य र जमुना कुँवर रहनुुभएको छ ।

Annapurna aarohan ko notice

जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेल, प्रहरी नायव उपरिक्षक मदन कुँवर लगायतले पुुस्कृत गर्नुुभएको थियो । प्रहरी दिवसको अवसरमा दिवंगत प्रहरी कर्मचारीहरुको शालिकमा पुुष्पगुच्छा अर्पण र माल्यार्पण गरिएको थियो ।

Upper Myagdi transmition line notice
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...