रहरमा विदेशिनेले नेपालमा काम छैन भन्ने भाष्य बनाए ः मुख्यमन्त्री पाण्डे

Gandaki Kotihome

मल्लाज, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रहरमा विदेशिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य बनाइरहेको दाबी गर्नुभएको छ ।

पर्वतको जलजला गाउँपालिको मल्लाजमा शनिवार सुरु भएको अन्तरराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन उद्घाटनमा बोल्दै उहाँले बाध्यतामा विदेश गएकाहरूले स्वदेशको उन्नतिमा चिन्ता गरिरहेको र लगानीको वातावरण खोजिरहेको बताउनुभयो । रहरले विदेश गएकाहरूका कारण नेपालको सम्पत्ति पलायन भएको उहाँको तर्क छ ।

‘बाध्यताले विदेशिएकामा नेपालप्रतिको माया बढी देख्छु । कमाउन कति दुःख गर्नुपर्छ भन्ने हामीले देखेका छौँ । विदेशमा गएर कमाउन सक्ने बनाएको पनि यही माटोले हो’, उहाँले भन्नुभयो, ‘फेसबुक लाइभमा आएर नेपालमा काम छैन, नेपालमा बसेका काम नपाएका जस्ता हुन् भनी भन्नेहरू रहरले विदेश गएकाहरू हुन् । बाआमाको सम्पत्ति विदेश लागेर यहाँ बचेखुचेको पैतृक सम्पत्ति पनि पलायन भएको छ । यसलाई यहीँ बसेर होस् वा विदेशमा रहेका साथीबाट रोकिनुपर्छ ।’

Upper Myagdi transmition line notice

गण्डकी प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गरेर नेपालको जनशक्ति र सम्पत्ति पलायन हुनबाट रोक्न सक्ने कार्यक्रम ल्याउन खोजिरहेकाले प्रवासी नेपालीलाई साझेदारी गर्न उनले आह्वान गर्नुभयो । यसका लागि प्रदेश सरकारले ५० करोडभन्दा बढी रकम छुट्याएकाले साझेदारी गर्न सकिने आग्रह गर्नुभयो ।

Annapurna aarohan ko notice

विदेशमा रहेका नेपालीले उद्योग, होटेलदेखि उत्पादनमुखी कार्यक्रममा लगानी गर्न चाहेमा गण्डकी सरकार साझेदार बन्न चाहेको उहाँले बताउनुभयो । निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने र त्यसका लागि आवश्यक वातावरण तयार पर्न नियम कानुन संशोधन गर्न सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

सरकारले नै लागत साझेदारी गर्ने भएपछि व्यक्ति र सरकार दुवैको लगानी सुरक्षित हुने भएकाले ढुक्क भएर लगानी गर्न उहाँको अनुरोध छ । ‘यहाँ लगानी गर्दा हाम्रो लगानी डुब्छ, यहाँ केही गर्न सकिन्न भन्ने भाष्य निर्माण भएका वेला हामी साझेदारी गर्न चाहेका छौँ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसका लागि सरकारले करोड रुपैयाँ छुट्याएको छ । सरकार आफ्नै लगानी डुबाउन चाहँदैन । तपाईँको लगानी पनि हामीले नै सुरक्षित गरेर अगाडि बढाउनेछौँ। रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा मेहनत गरिरहेका छौँ ।’

नेपालबाट युवा सधैँका लागि विदेशिने प्रसङ्गमा उनले वेला वेला विश्वभर आप्रवासको ‘ट्रेन्ड’ चल्ने गरेको बताउनुभयो । नेपालको आप्रवासन डरलाग्दो भएको उहाँको भनाइ छ । गाउँको व्यक्ति शहरमा, शहरको व्यक्ति विदेशमा तथा एउटा विकसित देशको मान्छे अर्को विकसित जाने गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

‘जापानमा राम्रो कमाइ भएको मान्छेलाई अमेरिका सर्न मन लागेको छ । फेरि अमेरिकामा राम्रो कमाइ भएको नागरिक देशमा सुरक्षा नभएको भन्दै सुरक्षा खोज्दै युरोपका देशमा सर्न चाहेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘गरिब मात्रै होइन धनी पनि बसाइ सर्न चाहन्छन् । ठूलो अर्थतन्त्र भएको छिमेकी भारतका नागरिक पनि बसाइ सरिरहेका छन् । हामीकहाँ भने डरलाग्दो अवस्था भयो, गाउँबस्ती पूरै खाली भए। जमिन बाँझियो ।’

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...