वेष्ट पोइन्टमा खेलकुद सप्ताह

Shreekrishna hardware

बेनी । बेनी स्थित न्यू वेष्ट पोइन्ट विद्यालयमा असोज २१ गतेदेखि शुरु भएको शनिबार खेलकुद सप्ताह समापन भएको छ ।

समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले वेष्ट पोइन्ट विद्यालय जिल्लाको शैक्षिक र खेलकुदको क्षेत्रमा अब्बल भएको बताउनुभयो । उहाँले वेष्ट पोइन्टले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आइरहेको र जिल्ला खेलकुद बिकास समितिलाई खेलसम्बन्धि हरेक कुरामा सक्दो सहयोग समेत गर्दै आइरहेको प्रति खुशी ब्यक्त गर्दै विद्यालयलाई धन्यबाद दिनुभयो ।

उहाँले हरेक अभिभावकलाई आफ्ना नानिबाबुहरुलाई कुनै न कुनै खेलमा सहभागी गराउन अनुरोध समेत गर्नुभयो । खेलकुदमा लागेका व्यक्तिको शारीरिक र मानसिक विकास उच्च हुनेहुदा जिल्ला खेलकुद बिकास समितिले विभिन्न खेलका प्रशिक्षकको ब्यबस्था गरेकोले आफ्ना नानीबाबुहरुलाई प्रशिक्षण लिन आग्रह समेत गर्नुभयो ।

Shreekrishna

शिक्षक अभिभाबक संघका अध्यक्ष बिष्णु रोका मगरले अहिलेको समयमा शारीरिक खेलकुद भन्दापनि विद्यार्थीहरुले मोबाइल गेममा लत बसालेकोले विद्यार्थीहरुलाई शारीरिक खेलकुदमा सहभागी गराउनुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणालीमा नीतिगत सुधार नभएसम्म विद्यार्थीहरु पढाइप्रति बिमुख रहने अबस्था आउने बताउनुभयो ।

Ban devision notice

म्याग्दी जेसिजका अध्यक्ष सुमन बानियाले जिल्लाको खेलकुद र शैक्षिक बिकासमा म्याग्दी जेसिसले गरेको योगदान र प्रतिष्ठित जेसिजकप फुटबलमा वेष्ट पोइन्टको सहभागिता साथै जेसिज संगको सहकार्यको प्रशंशा गर्नुभयो ।

खेल शिक्षक दीपेन राइले मन्तब्य ब्यक्तगर्दै समग्र खेलकुद सप्ताहमा समाबेश भएका खेलका विधाको बारेमा जानकारी गराउनुभयो । उहाँले मंतेसरी देखि ं२ सम्म विभिन्न विधामा फिल्ड र ट्रयाक देखि ं२ मा छात्र छात्रा भलिबल गरी ८ सय ५० विद्यार्थी सहभागी रहेको बताउनुभयो ।

विद्यार्र्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १० का शिल्पीका घर्ति क्षेत्री र कक्षा १२ सेक्सन बि का बर्खा थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानिया, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानिया, जिल्ला एथलेटिक्स संघ म्याग्दीका सदस्य बिपिन हमाल, बुद्ध एकेडेमीका प्रिन्सिपल थाम रोका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षक अभिभाक संघका सदस्य एवं विद्यालयका पुर्व विद्यार्थी बिक्रम सुबेदीले विद्यालयलाई खेल सामाग्री २ थान फुटबल, २ थान भलिबल र १ थान बास्केटबल हस्तान्तरण गर्नुभएको छ । बृहत समापन समारोहको कार्यक्रममा विद्यार्थीहरुले सदनात्मक रुपमा मार्च पास, कवाज, परेड र कार्यक्रमको बिचबिचमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

समापन समारोह वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षता, विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...