बजार झरे मुुस्ताङी च्याङग्रा

khali

जोमसोम, ः दशै पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङग्रा बजार निकासी हुुन थालेको छ ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मंगलबारसम्म एक हजार दुुई सय भेडाच्याङग्रा निकासी भएको जानकारी दिनुुभयो ।

“जोमसोमको नाकाबाट मंगलबार मात्रै चार सय वटा च्याङग्राको स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उहाँले भन्नुुभयो “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुुई सय च्याङग्रा निकासी भएको छ ।”

Shreekrishna hardwear in news

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परिक्षण गरेवापत पशुु चिकित्सकलाई रु. १५ शूूल्क तिर्नुुपर्छ । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दशैका लागि मुुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरि आठ हजार भेडाच्याङग्रा निकासी हुुने अनुुमान गरेको पोखरेलले बताउनुुभयो ।

khali

कृषकले प्रतिगोटा रु. ३५ हजार देखि ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेका उहाँले बताउनुुभयो । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनीया च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषक करन गुुरुङले बताउनुुभयो । तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । ६५ वटा ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटा सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचुुतुुवा, ब्वासो र जंगली कुुकुर च्याङग्रालाई आक्रमण गरेर क्षत्ति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु. २५ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी यामबहादुुर कार्कीले बताउनुुभयो । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङग्राको हुल भित्रिएसँगै दशै आगमनको महशुस गराउछ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...