कोरला नाका सञ्चालनको तयारी

Gandaki Kotihome

जोमसोम, मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनको तयारी भएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रीया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुुभयो ।

“अनुमतिपत्र बुकलेट छपाई सम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुुभयो “गृह मन्त्रालयले पठाएको नमुना अनुसार चिन प्रवेशपास छपाइ गरेर वितरणको तयारी गरेका हौ ।” चिनको सिमाना नजिकको उपल्लो मुुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुबाट प्रवेश पासको आवेदन संकलन गरिएको छ ।

Upper Myagdi transmition line notice

बोर्डर पास वितरणका लागि चार जना कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुुभयो । “नाका खोल्ने निर्णय भए मिति तय भइसकेको छैन,” प्रजिअ पन्तले भन्नुुभयो “चिनिया सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौ ।”

Annapurna aarohan ko notice

कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुुई पटक सञ्चालन हुुदै आएको अन्दरदेशीय ब्यापार मेला वि.स. २०७६ देखि भएको थिएन् । दशै अघिनै ब्यापार मेला आयोजना गर्ने मुुस्ताङका सुुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले पहल गरेका छन् । प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चिन जाने आउने सुविधा पाउनेछन् ।

असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताउनुभयो ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि.स. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि.स. २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।

नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाहरुलाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी पश्मिना, जडिवुटी निकासी गर्न सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...