भगवतिमा पदमार्ग बनाउन माओवादीको श्रमदान अभियान

Gandaki Kotihome

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण गर्न श्रमदान अभियान थालेका छन् ।

दाहसंस्कार गर्न घाटसम्म पु¥याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग निर्माण अभियान सुरु भएको हो । नेकपा (माओवादी केन्द्र) वडाकमिटीको नेतृत्वमा ढलानसहित पदमार्ग अभियान सुरु गरिएको छ ।

राखु भगवतीका युवाहरु मिलेर श्रमदानमार्फत राखु भगवतीको कुनौटादेखि(घाट) सजिलो र सहज रुपमा हिड्ने पक्की पैदलमार्ग बनाउने अभियान सुरु गरिएको वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“कुनौटा देखि ढलानसहितको पदमार्ग बनाउने अभियान सुरु गरेको तीन दिन भईसकेको छ, दुई दिन बालुवा, घिटी, सिमेन्ट जुटाउन लागौ, आईतबार पाचँवटा सिढी ढलान गरेर कामको सुरुवात गरेका छौ, सबैको साथ र सहयोग प्राप्त भए पदमार्गलाई पूर्णता दिने योजना सहित निर्माण सुरु भएको छ”,उहाँले भन्नुभयो “यस अभियानबाट कहाँसम्म बनाउन सकिन्छ निरन्तरता दिने छौ, आफन्तको सम्झनामा थप पक्की पदमार्ग निर्माण गर्न अरुलाई पनि सहज हुने छ ।”

राखु भगवतीमा अति आवश्यक यस पदमार्ग निर्माण अभियानलाई पूर्णता दिन युवाहरु सहभागिता बढेको छ, अभियान सुरु गरेपछि दिवंगतको सम्झनामा सिमेन्ट, स्वइच्छामा विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गर्ने अभियान पनि सुरु भएको पदमार्ग निर्माण अभियानका संयोजक भगवान केसीले बताउनुभयो । पदमार्ग निर्माण सुरु गरेको तीन दिन भईसकेको छ । पदमार्ग निर्माणमा श्रमदाना गर्न युवाहरुको दिनप्रतिदिन बढ्दै गएको केसीले बताउनुभयो ।

दिवंगत शरिरलाई घाटसम्म पु¥याउने पैदलमार्गलाई सहज बनाउन जोखिमयुक्त ठाउँमा ढलानसहित पदमार्ग बनाउने अभियानमा वडानम्वर २ निवर्तमान वडाअध्यक्ष रिम कटुवाल लगायतको सहभागिता रहेको छ । स्वदेश तथा विदेशमा रहेका राखु भगवतीका युवाहरुलाई श्रमदान लगायतको आर्थिक सहयोगमा सहभागि हुन वडा कमिटीका अध्यक्ष कटुुवालले आग्रह गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...