पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली

khali

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार पोखरामा आयोजना गरेको प्राविधिक परीक्षण सम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठिमा मन्तब्य व्यक्त गर्नुुहुदै मन्त्री जुुग्जालीले नागरिकको आवश्यकता र स्रोतको संयोजन गरेर योजना छनौट राजनीतिक्षले गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र सफलताका लागि प्राविधिक जनशक्तिको जिम्मेवारी हुुने बताउनुुभयो ।

“पोलिटियिन र प्राविधिकले जनताको विश्वास जितेर काम गर्न बुुझाईमा एकरुपता बनाउन आवश्यक छ,” उहाँले भन्नुुभयो “प्राविधिक प्रोफेसनल हुुने र पोलिटिसियनले लोभ नगर्ने तथा डर नमान्ने हो भने विकास निर्माण देखि सार्वजनिक सेवा प्रवाहमा सुुधार ल्याउन सकिन्छ ।”

Shreekrishna hardwear in news
khali

मन्त्रालयका सचिव शंकरराज पण्डीतले योजनाको सर्वेक्षण, ठेक्का व्यवस्थापन, सुुपरभिजन र सम्पन्न गराउने चरणका लागि प्राविधिक जनशक्तिको क्षमता विकासको आवश्यकता रहेको बताउनुुभयो । सतर्कता केन्द्रले प्रदेश र स्थानीय तहका केही नमुुना आयोजनाहरुको प्राविधिक परिक्षण गरेर गुुणस्तर सुुधारका लागि सुुझाव दिन आग्रह गर्नुुभयो ।

केन्द्रका सहसचिव तथा प्रवत्ता राजेन्द्र पौडेलले भ्रष्ट्राचार न्युनीकरण र शुसासन प्रर्वद्धनका गतिबिधिका साथै पूर्वाधारका योजनाहरुमा गुुणस्तर परिक्षण गरेर सम्बन्धित निकायलाई सुुझाव दिनुुका साथै जनशक्तिको क्षमता विकासमा जोड दिएको बताउनुुभयो ।

गण्डकी प्रदेशका स्थानीय तहका ईञ्जिनियर र सवईञ्जिनियरहरुको सहभागिता रहेको कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरराज पण्डीत, केन्द्रका सिनियर डिभिजनल ईञ्जिनियर स्मिता शर्मा, सहरी विकास मन्त्रालयका सहसचिव निशा रिजालले सहजिकरण गर्नुुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...