म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

Gandaki Kotihome

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा (हाब्रे)को जिल्लामै पहिलो पटक दृष्य खिच्नुुभएको हो ।

म्याग्दीमा यसअघि दुुर्लभ वन्यजन्तुु हाब्रेको देखिएको थिए । हाब्रेको बासस्थान सम्बन्धी अनुसन्धान गर्दै आउनुुभएका बद्री बरालले म्याग्दीको भूूगोलमा पहिलो पटक हाब्रे (रेडपाण्डा) भेटिएको बताउनुुभयो ।

Upper Myagdi transmition line notice

“हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा हाब्रेको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको बासस्थान रहेको पुष्टि भएको थियो,” उहाँले भन्नुुभयो “सुुवास थापाले जललला क्षेत्रको जंगलमा खिचेको दृष्यले यस क्षेत्रमा हाब्रेको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुुष्ट्याई गरेको गरेको छ ।”

लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब २ मिनेट ९ सेकेण्डको भिडियोमा देखिन्छ । वि.स. २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।

अनुसन्धानकर्ता पाण्डेल लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देख्नुुभएको थिएन् ।

रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला बन कार्यालय तथा स्थानीयबासीसँगको सहकार्यमा गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रम सहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।

Annapurna aarohan ko notice

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईँमा झर्नेे रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भएपनि देखिएका थिएनन् ।

गुर्जा र लुलाङको जंगलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धवलागिरी गाउँपालिकाको गुर्जा, लुुलाङ र मुुदीमा हाब्रेको बासस्थानको विषयमा अध्ययन भएको थियो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुुभयो “रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।”

रेडपाण्डा जोगाउन वडा स्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु. पाँच लाख देखि दश लाख सम्म जरिवाना, पाँच देखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । हाब्रेको संख्या नेपालमा पाँच सय देखि एक हजार वटा रहेको अनुमान गरिएपनी २३७ वटाको मात्र एकिन भएको छ ।

विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...