महभिरको पहिरो निरिक्षणमा पुुगे मन्त्री जुुग्जाली

Gandaki Ghumau

महभिर, ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ ।

वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो ।

“पहाडको फेदीबाट शुुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छ,” उहाँले भन्नुुभयो “टंकी, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

Shreekrishna

फुलवारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठुुला ठुुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राती आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,” तुलबहादुुर भन्नुुभयो “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौ ।”

Gunasthariya Shiksya

काले कामीले पहिरोले पुुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्ति, सहबहादुुर घर्ति, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुुनार, बिरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ति, भिमप्रसाद सुुनार, रहमन घर्ति र कुुमारी घर्तिको घर जोखिममा रहेका वडा सदस्य गुुरुङले बताउनुुभयो ।

सो ठाउँमा गत हिउँदमा पनि सुुख्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो ।

“पहिरोबाट घरवास गुुमाएकाहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ,” उहाँले भन्नुुभयो “घर पुुननिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु. पाँच लाखका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोही अनुुसार सहयोग गर्छौ ।”

तत्कालीन रुपमा खानेपानी आपुर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुुुन नदिने र दिर्घकालिन रुपमा पहिरो नियन्त्रण तथा वस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो ।

यसैगरी मन्त्री जुुग्जालीले गत सोमबार ढिस्कोले पुरिएर ज्यान गुुमाएका मालिका गाउँपालिका–२ बेलीका तिर्थबहादुुर विश्वकर्माका परिवारसँग भेटघाट गर्नुुभएको छ । भेटघाटका क्रममा मन्त्री जुुग्जालीले घटनाप्रति दुुख व्यक्त गर्दै प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पहिरोमा ज्यान गुुमाएकालाई रु. दुुई लाख उपलब्ध गराउने जानकारी गराउनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...