जोमसोममा कृषि पर्यटन महोत्सव

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि पर्यटन महोत्सव आयोजना गरेको छ ।

असोज १८ देखि २० गतेसम्म जिल्ला सदरमुकाम जोमसोम बजारमा महोत्सव आयोजना गरेको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले प्राकृतिक सौन्दर्ययुक्त मुस्ताङको स्याउ र स्याउबाट बनेका परिकारको बजारीकरण तथा प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जानकारी दिनुभयो ।

Shreekrishna

“स्याउ खेतीलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौ,” उहाँले भन्नुभयो “कागबेनीमा सोह् श्राद्ध गर्न आउने भक्तजनका साथै पर्यटकहरुलाई स्याउबारीमा घुमाउन र भुलाएर बसाई लम्बाउने योजना छ ।”

चिसो हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको प्रचारप्रसार गर्न आयोजना गरिएको महोत्सवमा हुने खेलकुद प्रतियोगितामा बिजयीहरुलाई स्याउ पुरस्कार दिने व्यवस्था मिलाइएको अध्यक्ष लालचनले बताउनुभयो ।

रैथाने कृषिउपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, मुस्ताङको पर्यटन तथा धार्मिक स्थलको प्रचारप्रसार र मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखिएको छ । “आलु, स्याउ, सिमी, स्याउका अन्य उत्पादन, ब्रान्डी, सलाइडर, सुकुटीलगायतका परिकारबाट राम्रो व्यापार हुने अनुमान छ,” अध्यक्ष लालचनले भन्नुभयो “पर्यटकीय सिजनको पनि सुरुआत भएको हुनाले जोमसोममा हुने महोत्सवले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज १८ गते महोत्सवको साथै गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा रु. एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवको अवसरमा स्याउ लगायत कृषि उपज प्रर्दशनी, खुल्ला आर्चरी र भलिबल प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला भलिवल प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी र मेडल सहित क्रमश रु. एक लाख र पचास हजार पुरस्कार प्रदान गरिने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।

थकाली समुदायको मौलिक आर्चरी खेलमा बिजेतालाई रु. ५० हजार र उपबिजेतालाई रु. २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । सात वटा बिधामा कृषि मेला प्रर्दशनीमा प्रथम, दृतीय र तृतीय हुने कृषकलाई पनि पुरस्कृत गरिने भएको छ ।

youtube.com/watch?v=pnOulffjVqk

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...