जेसिज सम्मेलनको तयारी तिब्र

khali

बेनी,। बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र पारिएको छ ।
म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी तिब्र बनाइएको शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिका लगायतको काम अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पुरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको शाखा अध्यक्ष बानियाँको भन्नुभयो ।

उहाँले सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सम्मेलनका सभापति एवम् नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ । सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्रामको उपहार दिने तयारी गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बेनीबजार सजावट सामाग्री पनि तयारी भएको छ भने विभिन्न जातजातीले देखाउने कलासंस्कृतिको नृत्य पनि तयारी भएको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...