बेनीमा जोगी नाच देखाइयो

khali

बेनी, । बेनीमा शुुक्रबार नेवार समुदायले मौलिक जोगी नाच प्रर्दशन गरेका छन् । नेपाल भाषा मंका खःल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रर्दशन गरेका हुन् ।

बर्खेनाच अन्तरगत आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी युवाहरुले नृत्य सहित बजार परिक्रमा गरेका छन् । नाच प्रर्दशनसंगै शिव, पार्वती र जोगिहरुले घर घर पुगेर भिक्ष मागेर मंकाखलको लागि आर्थिक संकलन गर्ने प्रचलन रहेको नेपाल भाषा मंका खःलका पुुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

khali

संस्कृति संरक्षणमा यूवापुस्ताको पनि आर्कषण बढेको छ । विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको छ । हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउदै आएका छन् ।

Shreekrishna hardwear in news
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...