शिव शिखरका बचतकर्ताहरुलाई उजुुरी गर्न म्याग्दी प्रहरीको अपिल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पिडित भएकाहरुलाई उजुुरी गर्न अपिल गरेको छ ।

एक वर्षअघि बेनी नगरपालिका– ८ न्युरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐन सम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानको क्रममा थप पिडित बचतकर्ता हरुलाई पनि उजुुरी गर्न आव्हान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले जारी गर्नुुभएको अपिलमा भनिएको छ ।

सहकारी विभाग र केन्द्रिय अनुसन्धान ब्युुरोको परिपत्रको साथै बेनीका केही बचतकर्ताहरुको उजुरीको आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ । मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्ताहरुलाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भक्तपुरको मध्यपुुर ठिमी नगरपालिका–३ कैलाशटारमा केन्द्रिय कार्यालय रहेको शिव शिखर सहकारीले बेनीका बचतकर्ताहरुले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सुरुवातमा बचतकर्ताहरूलाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले छ महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्युरोडमा करिब रु. छ करोडमा सातआना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

बचतकर्ता सेयर सदस्यको करिब रु. छ करोड पचास लाख सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन्। निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...