रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती मनायो

Gandaki Kotihome

बेनी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मंगलबार एक समारोहका बिच स्वर्ण जयन्ती मनाएको छ ।

वि.स. २०२९ भदौ १९ गते स्थापना भएको रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती समारोह, ¥याली, सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाएको हो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली बेनी बजारको विभिन्न भाग परिक्रमा गरेर नेपाल भाषा मंका खलको सभामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

स्वर्ण जयन्तीको अवसरमा शाखाका संस्थापक सभापति भिमप्रसाद गौचन, माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोका र लेखबहादुर हमाल लगायत पुर्व पदाधीकारी, कार्यसमिति सदस्य, कर्मचारीका साथै मानवीय सेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Upper Myagdi transmition line notice

बेनी स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । २२ वटा उपशाखा र ६५ वटा युरेस तथा जुरेश रहेको म्याग्दी रेडक्रस अन्तरगत तीन हजार ३८१ जना आजिवन, एक हजार ११३ जना विशिष्ट र ३५ जना यशस्कर सदस्य रहेका शाखाका मन्त्री यामबहादुर चोखालले जानकारी दिनुभयो ।

रेडक्रसले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह, एम्बुलेन्स, आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । विपद् व्यवस्थापन, म्याग्दी भिडन्त, कोभिड १९ संक्रमणको समयमा नेतृत्वदायी भूमिका खेलेको शाखा सभापति अमर बानियाले जानकारी दिनुभयो । रेडक्रसको बेनीमा आफ्नै भवन रहेको छ ।

उहाँका अनुसार विभिन्न ७ वटा खानेपानी योजना निर्माण, ६ ठाउँमा विपद् जोखिम न्युनीकरण र एचआइभी एड्स सामाजिक विभेद तथा मानव बेचबिखन विरुद्ध युवा शसक्तिकरण सम्बन्धी कार्यक्रम गरेको रेडक्रसले हाल म्याग्दीमा रघुगंगा गाउँपालिकामा सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ ।

Annapurna aarohan ko notice

रेडक्रस अन्तरगतका विभिन्न कोषहरुमा रु. ५२ लाख ४२ हजार ६७६ मौज्दात रहेको शाखाका कोषाध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । शाखा स्थापना देखि हालसम्म भएका गतिबिधिहरुलाई समेटेर स्मारिका प्रकाशन गर्न लागेको उहाँले बताउनुभयो ।

स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले पवित्र उद्देश्यका साथ स्थापना भएका सामाजिक संघ संस्थाहरुलाई सोही उद्देश्य अनुसार चलाउनु अहिलेको चुनौति रहेको बताउनुभयो ।

“सामाजिक संघ संस्था होस या राजनीतिक दल स्थापनाको उद्देश्य पवित्र थियो,” उहाँले भन्नुभयो “उद्देश्य अनुसार पत्रिव नियत राखेर काम गर्ने हो भने कुनै समस्या आउने थिएन् । म्याग्दीमा रेडक्रसको गतिबिधि सहनीय र सिक्नुपर्ने छ ।”

वाढी पहिरोको जोखिमयुक्त म्याग्दी जिल्लामा रेडक्रसले विपद् व्यवस्थापनका लागि गरेको काम सहनीय भएको उहाँको भनाई थियो । संस्थापक सभापति तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले रेडक्रसको स्थापनाकालमा भएका गतिबिधिहरुको स्मरण गराउनुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष रेडक्रस जस्ता अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्थाका साथै स्थानीय स्तरमा भएका संघ संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका गतिबिधिको प्रर्वद्धन तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

पुर्व सभापतिहरु माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोकाले म्याग्दीमा रेडक्रसकर्मीहरुको एकता कायम गर्दै सामाजिक र मानवीय सेवाका क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...