बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।
सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नम्बर ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनीका नगर प्रमुख सुुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुईवटा पसलको संरचना सोमबार भत्काइएको जानकारी दिनुुभयो ।
“व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई वटा पसलको संरचना हटाएको छ,” उहाँले भन्नुुभयो “अतिक्रमण हटाएको ठाउँमा सवारी साधन पार्कीङ स्थल बनाउछौ ।”
सवारी साधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवत जावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तिब्रता दिएको नगर प्रमुख केसीले बताउनुुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडी र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, टंकी र ठेला हटाइएको थियो । कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ ।
जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडीको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालय मार्फत सडक ढलान र नाली निर्माण गरिएको छ । सो ठाउँबाट १५ वटा सटर र टंकी हटाइएको थियो । ठेलामा फलफुल व्यवसाय गर्नेहरुलाई अन्यत्र स्थानान्तरण गरिएको थियो ।
नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको बिरेन्द्रचोक टोल सुधार समितिका पूर्व अध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुुभयो । सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन् ।
उनिहरुलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ । अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सहनीय काम गरेपनि नगर पालिका कार्यालय अगाडीको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारबासीले नगरपालिकासँग गुुनासो गरेका छन् ।
नगर प्रमुख केसीले मोटरेबल पुलको असापासको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर बाग्लुुङ, भकिम्ली र बरंजा छुट्ने सवारी साधनको पार्किङ स्थल बनाउने योजना रहेको बताउनुुभयो ।