मोना जापानको अध्यक्षमा विशाल र महासचिवमा सागर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

हिरा बुढाथोकी
जापान, । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको आइतबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।
रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरु आवद्ध संस्थाको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन, उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल र महासचिबमा सागर कार्की चयन हुुनुुभएको छ ।

सचिबमा रेखा केसी, क्षेत्रिय सचिबमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा सुरेश पुन र प्रवक्तामा कमल बानियाँ चयन हुनुभएको छ । महिला संयोजकमा कबिता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल, पालिका संयोजकमा सुरेन्द्र सुनार चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समितिको सदस्यहरुमा गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्वुजा, दिपक सुवेदी, आश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ, सुवास खत्री लगायत रहनुभएको छ ।

Shreekrishna

अधिवेशनको मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले उद्घाटन गर्नुभएको थियो । उहाँले मोनाले प्रवासी म्याग्देलीहरुको सकार्य, एकता र समन्वयमा रचनात्मक सामाजिक कार्यहरु गरेको बताउँदै आगामी दिनमा यसलाई थप व्यवस्थित र फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल व्यवसायी संघका अध्यक्ष विजेश थकाली, मोनाका एशिया प्यासिफिक संयोजक दिपक कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मोना जापानमा आबद्ध भएका र एनआरएनए जापन र क्षेत्रीय समितिहरुमा निर्वाचित भएकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जापान स्थित राजनीतिक दल, एनआरएनएका प्रतिनिधि, मोना जापानका सल्लाहकार लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...