चिमखोला –घ्याँसीखर्क सडक सूचारु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ ।

कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा गएको पहिरोले सडक अबरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले बर्षात नरोकिँदा सडक सूचारु हुन सकेको थिएन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बर्षा कम हुदै गएपछि अबरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणधिन तीन वटा जलविद्युत आयोजनाहरुबाट डोजर परिचालन गरी मर्मत गरेर अस्थायी रुपमा सवारी साधन आवत जावत गर्न थालेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजाले जानकारी दिनुभयो ।

Shreekrishna

पहिरोमा सडकको ट्याक बनाइएकाले बर्षात हुदा पहिरो र ढुंगा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकहरुलाई सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । चिमखोला र कुइनेमंगले क्षेत्रमा निर्माणधिन रहेका तुदी पावर लिमिटेड प्रर्वद्धक रहेकोे राहुघाट मंगले, अपर राहुघाट र संयुक्त उर्जा प्रालीको ठुलोखोला जलबिद्युत आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुई वटा डोजर परिचालन गरेर पहिरो हटाएर सडक सुचारु गराएका हुन् ।

लामो समयदेखि सडक अबरुद्ध हुँदा कुइनेमंगले क्षेत्रमा बोलेरो, जिप, ट्याक्टर , ट्रक लगायतका दर्जनाँै सवारी साधनहरु रोकिएका थिए । सडक अबरुद्ध हुँदा कुइनेमंगलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए भने स्थानीय स्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत आयोजनाहरुको निर्माण सामाग्री ढुवानीमा समस्या भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...