म्याग्दीका एमाले काँग्रेससँग माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने वातावरण बन्दै गएको छ– जुग्जाली

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सिंगा, । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका जुग्जालीले देशब्यापी रुपमा शुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार बेनी नगरपालिका–४ सिंगामा उद्घाटन गर्नुहुदै म्याग्देली जनताले गरेको आशा र भरोसा टुट्न नदिने प्रतिवद्धता दोहो¥याउनुभयो ।

“म्याग्दीको विकास र सामाजिक रुपान्तरणमा माओवादीले केही गर्छ भनेर जनताले गरेको भरोसा र अपेक्षा पुरा गर्न केन्द्रित भएका छौ,” उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो “टोल स्तरसम्म माओवादी नेतृत्वको सरकारले शुसासनका पक्ष र म्याग्दीको विकासका लागि गरेका कामको प्रचारसँगै संगठन निर्माणमा जुट्नुपर्छ ।”

Shreekrishna

२०७४ को तुलनामा समानुपातिकतर्फ माओवादीले २०७९ मा करिब चार हजार पाँच सय बढी मत पाउनुलाई म्याग्दीका नागरिकले गरेको अपेक्षा र विश्वासको रुपमा लिएको बताउदै आगामी चुनावसम्म म्याग्दीका सबै वडामा माओवादीको उपस्थिति बढाउने र काँग्रेस–एमालेसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्न सक्ने बनाउने जुग्जालीको भनाई थियो ।

“म्याग्दीमा अरुको तुलनामा विकास बजेट र योजना कार्यक्रम माओवादीले ल्याउन सक्छ भनेर देखाएका छौ,” उहाँले भन्नुभयो “भित्रिएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भयो भने म्याग्दीका जनताले हामीले चुनावमा प्रतिवद्धता गरे जसरी देखिने र सुनिने गरी विकासको महशुस गर्नेछन् ।”

ग्रामिण क्षेत्रसम्म विकासको गतिबिधि बढ्नु, नागरिकलाई स्वतन्त्रताको अधिकार र गलत गर्ने जो कोहीलाई पनि छुट नहुने अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुन्दर पक्ष भएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा नेकपा एमालेबाट वि.स. २०४९ सालमा तत्कालीन अर्मन गाविसको उपाध्यक्षमा निर्वाचित दिलबहादुर छन्त्यालको नेतृत्वमा २५ जना माओवादीमा प्रवेश गर्नुभएको माओवादीका बेनी नगर कमिटिका उपाध्यक्ष तथा बेनी नगरपालिका ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र (क)का संयोजक कुशल पौडेलले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीन महिनासम्म सञ्चालन हुने अभियानको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

‘माओवादीलाई तल्लो तहका नागरिकसँग जोड्ने अभियानको उद्देश्य हो,’ उहाँले भन्नुभयो ‘राजनीतिक, सामाजिक परिवर्तन देखि माओवादीको अगुवाइमा शुसासन र विकासका लागि भएका कामको जनतालाई बुझाउछौ । नागरिकको सुझाव, समस्या र अपेक्षा बुझ्छौ ।’

सिंगाका माओवादीका कार्यकर्ता विरेन्द्रमान शाक्य र राजु गुरुङले सरकारले सुशासनका पक्षमा गरेका कामलाई निरन्तरता र ठोस निष्कर्षमा पु¥याउन नेताहरुलाई सुझाव दिनुभयो ।

अभियानका लागि म्याग्दीमा माओवादीका पाँच जना केन्द्रिय सदस्य खटिनुभएको छ । म्याग्दीका जिल्ला ईञ्चार्ज बाग्लुङ र प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक मुस्ताङमा जानुभएको छ ।

बेनीमा जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमाल, रघुगंगामा सत्यनारायण शेरचन, अन्नपूर्णमा चन्द्रबहादुर घिमिरे, मंगलामा निलप्रसाद पुन, मालिका र धवलागिरीमा चन्द्रबहादुर बुढाले पालिका स्तरीय अभियानका लागि ईञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । म्याग्दीका अधिकांश वडामा माओवादीले शनिबार तीन महिने अभियान शुरु गरेको छ । अभियानका क्रममा माओवादीका अन्य घटकमा रहेका, काँग्रेस, एमालेका र स्वतन्त्र व्यक्तिहरु माओवादीमा प्रवेश गर्ने क्रम बढेको नेताहरुले बताएका छन् ।

प्रदेश कमिटिका सचिवालय सदस्य बिनोद केसी बेनी नगरपालिका ६ अर्थुङ्गे, प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी मंगला गाउँपालिका, अर्का सदस्य खुमनाथ सुवेदी धवलागिरी, गौरी सेञ्चुरी मालिका ४ ओखरबोट, रिम कटुवाल रघुगंगा गाउँपालिकाको भगवति, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दर्मीजामा पुगेर अभियान सुरु गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...