स्वाँतमा पुल, भवन र सडक उद्घाटन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ

स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सडक, पुल र भवनको उद्घाटन शुक्रबार गर्नुभएको हो ।

Shreekrishna

स्वाँतखोला मोटरेबल पुल, कृषि उपज संकलन केन्द्र र न्यू स्टार युवा क्लवको भवन मन्त्री जुग्जाली र स्वाँत–चित्रे सडकको सांसद भण्डारीले उद्घाटन गर्नुभएको थियो । पूर्वाधार विकास कार्यालय मार्फत आर्थिक वर्ष २०७९÷८० मा रु. दुई करोड भन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको स्वाँत खोला मोटरेबल पुल ३० मिटर लामो छ ।

यो पुलले स्वाँत, किन्दु गाउँलाई वडाको केन्द्र शिख गाउँलाई सिधा सडक सञ्जालमा जोडेको स्थानीय बलबहादुर तिलिजाले बताउनुभयो । दुई वर्षअघिदेखि प्रयोगमा आएको पुलको भुक्तानी र हस्तान्तरणको काम गत आर्थिक वर्षमा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । शिखबाट पुलतर्फ जाने करिब ३०० मिटर सडक पहिरोका कारण क्षति पुगेकाले नियमित यातायात सञ्चालन गर्न समस्या भएको तिलिजाले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्याक्रम मार्फत रु. ३५ लाख, अन्नपूर्ण गाउँपालिकाको रु. १२ लाख र समुदायको रु. चार लाख पचास हजार बराबरको श्रमदानमा स्वात देखि चित्रे जोड्ने दुई किलोमिटर सात सय मिटर सडकको मार्ग गत आर्थिक वर्षमा खुलेको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पुर्जाले बताउनुभयो ।

यो सडक निर्माणका लागि म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद भण्डारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट सिफारिस गर्नुभएको थियो । प्रदेश सरकार र स्थानीयबासीको कुल रु. बीस लाखमा निर्माण भएको मणीबराह बहुउद्देश्यीय अर्गानिक कृषि संकलन केन्द्रको भवन बनाउन स्थानीय बागबिर पाइजाले ११ आना जग्गा उपलब्ध गराउनुभएको थियो ।

दुई तले कृषि उपज संकलन केन्द्रको भवन निर्माणका लागि पुर्व प्रदेश सांसद बिनोद केसीको सिफारिसमा प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्याक्रम मार्फत पूर्वाधार विकास कार्यालयले रु. ११ लाख १२ हजार अनुदान उपलब्ध गराएको थियो ।

न्यू स्टार युवा कल्वको भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले रु. १२ लाख अनुदान उपलब्ध गराएको थियो । क्लवका अध्यक्ष खेमराज गर्बुजा पुनले गाउँपालिकाको अनुदानका अतिरिक्त रु. तीन लाख आन्तरिक स्रोत र रु. पाँच लाख बराबरको श्रमदानमा भवन निर्माण गरेको बताउनुभयो ।

भुई तलामा स्टेज रहेको भवनको पहिलो तलामा कार्यालय र भण्डारण प्रयोजनका लागि दुई वटा कोठा बनाइएको छ । उद्घाटनपछि मन्त्री जुग्जाली र सांसद भण्डारीले स्वाँत पुल नजिकैको पहिरो नियन्त्रण तथा सडकको स्तरोन्नतिमा प्राथमिकता दिने बताउनुभयो । उहाँहरुले स्वातलाई कृषि पर्यटन गाउँको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...