गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बिरुवामा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो ।

“परिक्षणका लागि जोखिम मोलेर स्याउ खेती गरिएको थियो,” उहाँले भन्नुुभयो “सबै बिरुवामा फल लागेको छ । गुुलीयो स्वाद पसेको छ ।” गुर्जाको स्याउ खेती भएको ठाउँको उचाई समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर छ ।

Shreekrishna

गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगैचा बनाएका थिए । नाइलीबाङमा २६ जना कृषकले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका हुन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अन्यत्र यही उचाईमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको पचास प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियोे ।

आर्थिक वर्ष २०७७÷०७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिक श्याम शरण कुुर्मीले गुर्जामा जिल्लामै पहिलो पटक स्याउ खेतीको परिक्षण सफल भएको बताउनुुभयो ।

“हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको थियो,” उहाँले भन्नुुभयो “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउ खेति विस्तारको सम्भावना बढेको छ ।”

यसअघि गुर्जामा स्थानीय जातको स्याउ खेती गरिएपनि अपेक्षाकृत सफलता हासिल भएको थिए । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो,” वडा अध्यक्ष छन्त्यालले भन्नुभयो “उच्च घनत्वको स्याउ खेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौ ।”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...