सर्वजन हिताय

Gandaki Kotihome

हरिप्रसाद पौडेल

जातिय मुद्दामा प्रवेश गर्ने मेरो ईच्छा होईन र यसले समाजलाई सहि दिशा निर्देश गर्न सक्दैन तर कतिपय अवस्थामा नचाहेकै बिषयमा बोल्नुपर्ने बाध्यता रहने गर्दछ। म ईतिहास अध्यता होईन, सबैकुरा जानेको छु त्यो पनि होइन तर केही सामाजिक चेत छ यसैका आधारमा जे बुझेको छु त्यो पस्कने जमर्को गरेको छु। मानव बिकास चरणका बारेमा आज सम्म बिज्ञान समेत निश्कर्षमा पुग्न सकेको छैन, बिज्ञानले कुनै समय अन्वेषण गरेको भनिएको तथ्य समय क्रम संगै गलत सावित भएका उदाहरण हाम्रा सामु छन्। ईतिहास पनि जित्नेको लेखिन्छ भन्ने उक्ति चल्तिमा छ, आधुनिक नेपालको इतिहास कै कुरा गर्ने हो भने पनि के हामिले जे पढ्यौं त्यहि मात्र सत्य हो त पृथ्वीनारायण शाह र नेपाल एकिकरण कि त्यो भन्दा पर न लेखिएको सत्य केही छ? १०४ बर्षे जहानियाँ राणा शासन के हामिले जे पढ्छौ यत्तिनै होला त? हाम्रै सामुन्नेको घटना राजदरबार हत्या काण्ड के हो के कसैले यहि हो भन्न सक्छ त यस भित्रका लुके लुकाईएका घटना बहिर न आउने हो भने भविश्यमा यसको इतिहास कस्तो बन्ला? त्यसैले अकाट्य यहि हो भनेर ठोकुवा कोहि कसैले केही गर्न सक्दैन भन्ने लाग्छ । धर्म संस्कृति मूल्य मान्यता चलि आएका चलन चल्ती लाई समय सापेक्ष आत्मसात् गर्नुपर्दछ। केही दिन अगाडि देखि खास गरी ब्राह्मण जाति विरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कार्य भैरहेको छ। ब्राह्मण यस देशका आदिवासी होईन यिनिहरुको आफ्नो धर्म संस्कृति छैन भन्दै तथानाम प्रहार भैरहेको प्रति जानेर वा नजानेर नै सहि एक सनातन हिन्दू परम्परा स्विकार गर्ने ब्राह्मण जाति भएको नाताले यस्ता कपोलकल्पित मानवियता विरुद्धका अनर्गल टिप्पणीहरु प्रति खेद ब्यक्त गर्दछु र अन्य सबै धर्म परम्परा मान्ने सम्पुर्ण ब्यक्ति समुदाय र जातजाति प्रति सम्मान ब्यक्त गर्दछु। सबैलाई आ-आफ्ना धर्म परम्परा संस्कृति रितिरिवाज उत्तिकै महत्वपूर्ण हुन्छ र आफ्नो जातिप्रति गर्व महसुस हुन्छ। खासगरी अनेकन जातजाति मध्यको ब्राह्मण जाति नेपालको मूल आदिवासी हो भन्ने हाल सम्म प्राप्त केही तथ्य पेस गर्न चाहन्छु तर यहि नै अकाट्य न हुन सक्छ यो स्विकार गर्दछु र गर्नुपर्दछ, आज भन्दा ६५०० बर्ष अगाडी नै लेखिएको र सो अगाडी जनश्रुति मा रहेको ऋग्वेद र त्यसका लेखक महर्षि वेदब्यास कहाँ का थिए र को थिए? यो कुरा त्यो छुद्र टिप्पणीकर्ताहरु लाई सोध्न चाहन्छु। अर्को तथ्य आदिवासी त्यसलाई भनिन्छ जो बिधिवत देशले मान्यता पाउनु अगाडि सम्वन्धित देशमा बसोबास गरिरहेका छन्, नेपालले कहिले नेपाल राष्ट्र को मान्यता पायो र नेपाल ले राष्ट्रको मान्यता पाउंदा कुन कुन जातिको बसोबास रहेको थियो त्यति पक्कै थाहा होला, यि र यस्ता प्रमाणहरु अनगिन्ती छन्। जहाँ सम्म धर्मको कुरा छ यो जानाकारी रहोस् कि हाल विश्वमा करिब चार हजार भन्दा बढी प्रकारका धर्म अवलम्बन गरिन्छ त्यस मध्यको सबैभन्दा जेठो धर्म हिन्दु धर्म हो भन्ने कुरा दस्तावेजीकरण भैसकेको बिषय हो, हिन्दु धर्म सबै धर्मको अभिभावक धर्म हो त्यसैले धेरै लेखिरहनुपर्ने आवश्यकता छैन। कसैले कुनै धर्म मान्न ब्यक्तिगत रुपमा अस्वीकार गर्छ वा स्विकार गर्छ भने त्यो उसको नैसर्गिक अधिकार हो तर उस्ले अन्य धर्म परम्परा मान्ने जाति समुदाय लाई लाञ्छना लगाउने अनर्गल टिप्पणीहरु गर्ने गर्न पाउदैन यो नेपालको संविधानको बिरुद्ध हुन्छ। हिन्दु धर्म एक अम्व्रेला धर्म हो यस भित्र अनेकन धर्म परम्पराहरू रहेका छन्।  

Annapurna aarohan ko notice

धर्म परिवर्तनको माध्यमद्वारा हस्ताक्षप गर्ने एजेण्डा लगभग फेल भएको निश्कर्ष सहित साम्प्रदायिक मुठभेडमा लैजान अन्तराष्ट्रिय शक्ति केन्द्रको अवको लगानी हुने र त्यसमा कहिं कतै राजनीतिक संरक्षणमा केही नेपालि समुह र ब्यक्ति परिचालित भैरहेको देखिन्छ। यही अवस्था रहिरहे वि.सं. ०९० को दशक भित्रमा नेपालमा गृहयुद्ध कसैले रोक्न सक्दैन।

Upper Myagdi transmition line notice

केहि चर्चामा रहेका स्वघोषित ब्यक्तिहरुको साम्प्रदायिक बिखण्डन आउने प्रकृतिका टिप्पणीहरु त्यसैको उपज हो। 

सदियौं अगाडी पनि अन्य जनावरहरु जसरी नै गाईको मासु नै खाने वर्ग नेपालमा थियो र आज पर्यन्त छ तर अहिले यो बिषयलाई अतिरञ्जित र भ्रमित तवरबाट मिडियामा ल्याईएको छ । अर्को, राज्यले राष्ट्रिय जनावरको रुपमा संविधानमा ब्यवस्था गरेको र कुनै उच्छृङ्खल समुह र ब्यक्तिले अराजकता फैलाउने सोंच सहित ल्याएको बिषयमा राज्य मुकदर्शक बन्न मिल्दैन। शान्ति पूर्ण तवरबाट संविधानका अक्षर अक्षर संसोधन गर्ने ब्यवस्था छ। धर्म संस्कृतिको रक्षा गरौं मूल्य मान्यता र परम्पराको जगेर्ना गरौं सद्भाव र भाइचारा कायम गरौं एकले अर्कको अस्तित्व स्वीकार गरौं। 

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...