जलजलामा जनतासंग माओवादी अभियानको कार्यविभाजन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । पर्वतको जलजला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि कार्यविभाजन भएको छ ।
माओवादी केन्द्र जलजलाको मंगलबार बसेको विस्तारित बैठकले भदौ १६ गतेदेखि देशब्यापी रुपमा सञ्चालन हुने अभियानमा वडा स्तरमा खटिने नेताहरुको कार्यविभाजन गरेको हो ।

केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जलजला गाउँपालिका ईञ्चार्ज बखानसिंह गुुरुङ, प्रदेश सदस्य मनरुपा शर्मा, लोकराज आचार्य, दुुर्गा दर्जी, लिला दवाडी, चन्द्रा सापकोटा, सल्लाहकार धनपति सुुवेदी लगायतको उपस्थिति थियो ।

तीन महिने अभियानका लागि वडा नम्बर १ बाँसखर्कमा बाबुुराम कार्की, वडा नम्बर २ मा पूूर्ण परियार, वडा नम्बर ३ मा चन्द्रा सापकोटा, वडा नम्बर ४ मा सोम जिसी, ५ मा लिला दवाडी, ६ मा गोविन्दराज आचार्य, ७ मा टुुङ्गनाथ शर्मा, ८ मा दिपक आचार्य र ९ मा गौबहादुुर पुनलाई जिम्मेवारी तोकिएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

माओवादीका गाउँपालिका कमिटिका अध्यक्ष तथा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, सचिव सोम जिसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ९ वटै वडा कमिटिका अध्यक्षहरुले रिर्पोुटिङ गर्नुुभएको थियो ।

माओवादी पार्टीले गरेका काम, गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा नागरिकलाई बुुझाउने तथा नागरिकका समस्या सम्बोधनका लागि पहल गर्ने उद्देश्यले देशब्यापी रुपमा तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन हुन लागेको हो ।

अभियान मार्फत समसामयिक राजनीतिक अवस्था र माओवादीको योजनाका विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण, जनवर्गीय संगठनको भेला, बैठक, सम्मेलन गरि चलायमान बनाउने कार्यक्रम बनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...