म्याग्दीका कृष्णलाई युवा संघको नेतृत्व

khali

बेनी । म्याग्दीका कृष्णकुमार विश्वकर्माले नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकको जिम्मेवारी पाउनुुभएको छ ।
काठमाडौमा आइतबार सम्पन्न संघको केन्द्रीय कमिटिको सचिवालय बैठकले संगठनको राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा विकलाई चयन गरेको हो । यसअघि सो संगठनको उपाध्यक्ष रहनुुभएका विक कार्यवाहक अध्यक्षको रुपमा रहनुुभएको थियो ।

khali

महाधिवेशन आयोजक कमिटीको सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जिव राई चयन हुुनुुभएको छ । नेकपा (एकीकृत समाजबादी) म्याग्दीका पार्टी अध्यक्ष समेत रहेका विश्वकर्मा बेनी नगरपालिकाको कार्यपालिका सदस्य समेत हुुनुहुन्छ ।

सो संगठनका अध्यक्ष रहनुुभएका नरेश शाही सुदुरपश्चिम प्रदेश सरकारको मन्त्री बनेपछि विकले नेतृत्वको जिम्मेवारी पाउनुुभएको हो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...