चराङखोलामा तयार भयो अस्थायी पुल

khali

बेनी, ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने चराङखोलामा सात दिनमै अस्थायी पुल तयार भएको छ ।

लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको साझोदारीमा चराङखोलामा काठको अस्थायी पुल निर्माण भएपछि ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडकमा सिधा यातायात सञ्चालन हुन थालेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले साउन २८ गतेको बाढीले अस्थायी पुल बनाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडकमा अस्थायी पुल पुनःनिर्माण गरेर बिहिबारदेखि सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“खोलाको दुईतर्फ ग्यावीयनको पर्खाल बनाएर पाँच मिटर लामो पुलमा काठ राखेर जिप, ट्रक, ट्याक्टर र मोटेरसाइकल आवत जावत गर्र्न मिल्ने व्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “सडक मर्मत र पुल निर्माण गर्न करिब रु. १५ लाख खर्च भएको छ ।”

khali

स्थानीय प्रविधिको प्रयोग गरेर पुल निर्माण शुरु गरेको सात दिनमा तयार भएको अध्यक्ष विष्टले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक मार्फत चराङ खोलामा निर्माणाधिन पुलमा ढिलाई भएको छ ।
कालीगण्डकीको बाढीले कटान गरेको छुसाङको मुस्ताङ गेट स्थित मोटरेबल पुल, ताङ्वेमा ठाडो खोलाले कटान गरेको सडक पनि मर्मत गरिएको छ । कागखोलामा बाढीले पुल बगाएको ठाउँमा डाइभर्सन बनाइएको छ ।

सडक मर्मत र पुल निर्माण भएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका साथै पर्यटक तथा दामोदरकुण्ड जाने आउने तिर्थयात्रीहरुलाई सहज भएको छ । ढुवानी र निकासी सूचारु भएको छ ।

यसैबीच मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक बिहिबार दिउँसोदेखि अवरुद्ध भएको छ । पाँच दिनपछि बुधबार सञ्चालन भएको सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरमा पहिरो खसेपछि पुन अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

मुस्ताङ जाने आउने सवारी साधनहरु रोकिएका छन् । यात्रुहरु नारच्याङ–घराप–गाडपारको वैकल्पिक सडक र पैदलयात्रा गरेर गन्तब्य तर्फ जाने गरेका छन् । गुइठेको पहिरोका कारण फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पनि उच्च जोखिममा परेको छ । पहिरोबाट प्रशारण लाइनको टावर ढल्ने अवस्थामा पुगेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...