लुलाङबासी अन्धकारमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् ।

पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद बिकले परियोजना बगाउदाँ चार वटा बस्तीका ३७० घरधुरी डेढ महिनादेखि अन्धकार बनेका बताउनुभयो ।

Shreekrishna

“नहरबाट आएको पानी संकलन हुने टंकी भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाईप बगाएको छ,” उहाँले भन्नुभयो “पेनस्टक पाइप, विद्युतगृह र उपकरणहरु पहिरोले खोलामा मिसाएको छ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वि.स. २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना वि.स. २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत परियोजना यो सहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रिय प्रशारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत सुविधाका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजिवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताउनुभयो । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

विद्यार्थीलाई पढ्न र स्थानीयबासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लो पटक परियोजना मर्मत गर्न गाउँपालिकाले रु. १२ लाख र स्थानीय पूर्वाधार विकास कार्याक्रम मार्फत रु. दश लाख खर्च भएको थियो ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो । “नेपाल विद्युत प्राधिकरणले यसपाली म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु. २० करोड बजेटको ठेक्का सम्झौताको तयारीमा छ,” उहाँले भन्नुभयो “लुलाङको विद्युत सम्बन्धी समस्याको दिर्घकालिन समाधानका लागि केन्द्रिय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौ ।”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...