कागबेनीको बाढीबाट भएको क्षति विवरण सार्वजनिक

khali

बेनी, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पु¥याएको क्षतिको विवरण दश दिनपछि मंगलबार सार्वजनिक भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा संकलन गरेको विवरण अनुसार बाढीले कागबेनीमा करिब रु. एक अरबको क्षत्ति पु¥याएकोे हो ।

भौतिक संरचना, स्थानीयबासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघ ÷संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“नगद, सामान र संरचनाहरुमा मात्र रु. ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ,” उहाँले भन्नुभयो “सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा सभौतिक पूर्वाधारतर्फ रु. २१ करोड दुई लाख बराबरको क्षति भएको छ ।”

khali

व्यक्तिका ५० वटा घरमा रु. ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । २२ वटा घर पूर्ण र ५ वटा घरमा आंशिक क्षति पुगेको छ । ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् ।

१९ वटा दुई पाङग्रे र तीन वटा चार पाङग्रे सवारी साधन क्षति भएको छ । १९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको रु. तीन करोड नौ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । १२ वटा सरकारी तथा सामुदायिक संरचनामा रु. चार करोड ८० लाख साठी हजार क्षति भएको गाउँपालिकाले जनाएको छ ।

१८ जना कृषकको ४५ रोपनी भन्दा बढी जग्गा बाढीले पुरेको छ । २७४ वटा स्याउका बोट बाढीले नष्ट गरेको छ । साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो ।

कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीहरुलाई आइतबार लकरमा राखेको रु. एक करोड ६५ लाख सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाहरुले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ । कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत आपुर्ति लगायतका काममा जनप्रतिनिधि, स्थानीयबासी र सरकारी निकाय जुटेका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...