बेनी–जोमसोम सडकको जलथले–दुवारी खण्डमा पहिरै पहिरो

Gandaki Kotihome

नारच्याङ–गाडपार–दाना बैकल्पिक सडक बनाउन मन्त्री जुग्जालीसँग माग
दाना, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ ।

अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

दाना क्षेत्रको विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी जानकारी दिनुभयो । यस सडक आयोजना अन्तरगत अहिले बेनीदेखि नारच्याङपुल सम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सूचारु रहेको छ ।

Shreekrishna hardwear in news

चार वटा डोजर, प्राबिधिक र मजदुर परिचालन गरिएपनि बर्षात र शाखा सडकबाट सिर्जना भएको पहिरोले यातायात सञ्चालन गर्न समस्या भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

दानाको गुँइठे, सुकेबगर, जलथले, खामभिक्ता, लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेस समेत बगाउन थालेपछि बेनी–सोमसोम सडकमा चार दिनदेखि सिधा यातायात अबरुद्ध बनेको छ ।

सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घराप सम्मनै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवत जावत गर्नुपरेको छ । विदेशी पर्यटक र तिर्थयात्रीहरुले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

Notice about ban dadalo

सडकखण्डका बिचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौ ठाउँमा पहिराले सडक अवरुद्ध बनेको र मर्मत गरि सूचारु गराउने प्रयास जारी रहेको छ । कालीगण्डकीको तीरदेखी नै सडकको बेस भत्किएकाले सडक मर्मत गरि सुचारु गराउन समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामाग्रीको ढुवानीमा समेत समस्या भएको छ भने विरामीहरुलाई समेत अस्पताल जान सकस भएको छ ।

पहिरो ग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर बैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीयबासी र जनप्रतिनिधिहरुले माग गरेका छन् ।

अहिले बेनी–जोमसोम सडकका सवारी साधनहरु बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् । यस अघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्याक खनिएकाले सडकको मर्मत गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको बैकल्पिक मार्ग तयार हुने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजको लागि दुबैतर्फको भुगोल समेत पक्को रहेकाले पहिरोको दिर्घकालिन रोकथाम नहुँदा सम्म बैकल्पिक सडकले राहत दिने अध्यक्ष पुनको भनाई थियो । पहिरोले क्षतिग्रस्त सडकको निरिक्षण गर्न पुग्नुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीसँग जनप्रतिनिधि र स्थानीयबासीले ठाटीटोल र गाडपार जोड्ने कालीगण्डकीमा बेलिब्रिज बनाउन पहल गरिदिन माग गरेका छन् । मन्त्री जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत रहेका प्रयोग विहिन बेलिब्रिज स्थानान्तरण अथवा नयाँ बेलिब्रिज निर्माण गर्ने विषयमा समन्वय र पहल गर्ने बताउनुभएको छ ।

‘‘हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छाँै, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानकर्षण गराएका छौँ,” अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले भन्नुभयो “कम्तीमा बेनी–जोमसोम सडकखण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो ।’’

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...