गण्डकीका भौतिक मन्त्री जुुग्जालीको सय दिन

Gandaki Kotihome

रुग्न आयोजना घटे, टुक्रे योजना हटे, पोखरामा मिटरमा ट्याक्सी चल्न थाले

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ ।

गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो ।

Shreekrishna hardwear in news

“मैले पदभार सम्हाल्दा यस मन्त्रालय अन्तरगतका ४७ वटा आयोजनाको काम रोकिएको थियो,” उहाँले भन्नुुभयो “३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्किसकेका छन् । १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन केन्द्रित भएका छौ ।”

चालुु आर्थिक वर्ष २०८०÷८१ मा ३० लाख भन्दा कम बजेटका योजना नबनाएको मन्त्रालयले टुुक्रे योजनाको कटौति गरेको छ । गत वर्ष एक हजार ८०० योजना रहेकोमा चालु वर्षमा एक हजार एक सय वटा कायम भएका छन् ।

“विगतमा ठेक्का लागेका आयोजनाहरुलाई निरन्तरता दिन र सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्था गरिएको छ,” मन्त्री जुुग्जालीले भन्नुुभयो “योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाई भार कम पर्ने, योजना कार्यान्वयन नियमन र अनुुगमन सहज हुने, प्रशासनिक लागत घट्ने र उपलब्धी देखिने अपेक्षा गरेका छौ ।”

Notice about ban dadalo

मन्त्री जुुग्जालीले पदभार सम्हाल्ने क्रममा गर्नुुभएको प्रादेशिक सडक सञ्जाल गुुरुयोजनको मस्यौदाका लागि गठन भएको प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुुगेको छ । रु. २१ करोडको आपतकालिन सडक मर्मत सम्भार कोष खडा गरि प्रदेश सरकार अन्तरगतका सडकमा बाह्ै महिना यातायात सञ्चालन गर्न बर्खा याममा अवरुद्ध सडकहरुको मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशका मुुख्य र सहायक राजमार्ग तथा जिल्लाका प्रमुख सडकहरुको वैकल्पिक मार्ग पहिचान गरि यातायात सञ्चालनको व्यवस्था मिलाएको मन्त्रालयका उपसचिव टिकाराम पौडेलले जानकारी दिनुुभयो । मध्यपहाडी, पोखरा मुुग्लीन, कालीगण्डकी कोरिडोर लगायत संघीय सरकारका आयोजना कार्यान्वयनमा गति दिन सहजिकरण र समन्वय गरेको उहाँले बताउनुुभयो ।

चालुु आर्थिक वर्षमा रु. १२ अरब भन्दा बढी बजेट बिनियोजन भएको मन्त्रालयले थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुुल र २० वटा झोलुुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।

पोखरा उपत्यकामा वि.स. २०७७ मा छ महिना सञ्चालन भएर बन्द भएको मिटरमा ट्याक्सी सञ्चालन गर्ने सेवा यही भदौ १ गतेदेखि पुुन सञ्चालन भएको यातायात कार्यालय कास्कीका प्रमुुख डिल्ली रिजालले बताउनुुभयो । मिटरमा ट्याक्सी सञ्चालन हुुन थालेपछि यात्रु ठगिएको र चर्को भाडामा मारमा परेको गुुनासो न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरि विद्युुतीय कार दर्ता गर्ने प्रक्रीया अघि बढेको छ । यातायात कार्यालय कास्की सवारी चालक अनुुमतीपत्रमा अनलाइनबाट लाइसेन्स नविकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ ।

यातायात व्यवस्था कार्यालय बाग्लुुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई सम्झौताको तयारी भएको मन्त्री जुुग्जालीले बताउनुुभयो । वाइट बाग्लुुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ ।

यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरेको र अन्य कार्यालयहरुमा पनि यो काम गर्न चालुु आर्थिक बर्षमा बजेट बिनियोजन भएको छ । यातायात क्षेत्रमा नितिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यबिधी निर्माणको काम भैरहेको मन्त्रालयले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...