अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

khali

धु्रवसागर शर्मा
दरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाले आयोजना गरेको उक्त शिविरमा स्थानीय तथा विद्यार्थीहरु गरी १४२ जना लाभान्वित भएका उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

khali

शिविरमा ९४ जना महिला र ४८ जना पुरुष गरी १ सय ४२ जनाको आँखाको परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा अन्य रोगका विरामीहरुको पनि स्वास्थ्य जाँच गरिएको थियो । सेवा लिन ७ वर्षिय बालबालिकादेखि ८० वर्षिय वृद्धबृद्धाहरु समेत आएका थिए । शविरमा दरवाङ उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना स्वास्थ्य प्राविधिकहरुले सेवा प्रदान गरेका थिए ।

Shreekrishna hardwear in news

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतमको अध्यक्षता र सचिव हिराबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका पदाधिकारी र स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको पनि उपस्थिति रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...